प्रणव अाकाशकाे निर्देशन रहेकाे जितगढी किल्ला सडक नाटक समापन

Monday, 7 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।
तत्कालीन सरकारले भारतीय पेन्सन क्याम्पका नाममा जितगढी किल्लामा जग्गा दिने निर्णय गलत भएकाले जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको अभियानका जिल्ला संयोजक सन्तबहादुर नेपालीले बताए।उनले जितगढी वास्तविकता सडक नाटकबाट जनताका माझमा आएको उल्लेख गर्दै जितगढी बचाउनका लागि विभिन्न प्रकारका आन्दोलन जारी रहने बताए। रंगकर्मी प्रणव अाकाशकाे निर्देशन रहेकाे नाटकमा रक्तिम परिवारका कलाकार दलबहादुर विक, लक्ष्मी गुरुङ, डम्मर भण्डारी, दिलीप रसाइलीलगायतका कलाकारले सडक नाटकमा अभिनय गरेका थिए।
‘तत्कालीन प्रचण्ड सरकारले भारतीय पेन्सन क्याम्पका नाममा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, सामरिक महत्वको जितगढी किल्ला नजिकको जग्गा भारतलाई दिने निर्णयले राष्ट्रियतामाथि नै आँच आउने र भारतले जग्गा कब्जा गर्ने आशंका हुन्छ,’ रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण शर्माले भने।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu