धरान:=संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले अाफूले लिम्बूवान अान्दाेलन र इतिहास बिर्सन नसक्ने बताएका छन् ।प्रदेश १ काे नाम के राख्ने ? भन्ने विषयमा चर्काे छलफल र बहस चलिरहेकाे बेला साेमबार धरानकाे भानुचाेकमा अायाेजित संघीय विद्यार्थी युनियनकाे तेस्राे महाधिवेशनकाे उद्घाटन गर्दै लिङदेनले साे कुरा बताएका हुन् ।
उद्घाटन सभामा उनले दुर्इ तिहार्इ बहुमतकाे दम्भ नदेखाउन ठूला दलहरूलार्इ चेतावनी समेत दिए । उनले अाफूहरूसँग वार्ता गरेर मात्रै प्रदेश १ काे नामाकरण गर्ने उनले अाग्रह गरे ।उनले प्रदेश १ काे नाम खम्बुवान-लिम्बुवान राख्दा उपयुक्त हुने बताए । उनले प्रदेश १ मा बसाेबास गर्ने रार्इ र लिम्बू दुवै शक्ति भएकाले अापसमा मिलेर अघि बढ्नुपर्ने अाैल्याए ।
लिङदेनले १ डेढ वर्षभित्रै ठूलाे लडाइँ लड्नुपर्ने देखिएकाले तयारी अवस्थामा रहन अाफ्ना कार्यकर्ताहरूलार्इ निर्देशन समेत दिए।
लिङदेनले १ डेढ वर्षभित्रै ठूलाे लडाइँ लड्नुपर्ने देखिएकाले तयारी अवस्थामा रहन अाफ्ना कार्यकर्ताहरूलार्इ निर्देशन समेत दिए । उनले लिम्बुवानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अाएर परियाेजनाकाे शिलान्यास गरेकाे घटना दुःखपूर्ण रहेकाे बताए ।
भारतीय प्रधानमन्त्रीले शिलान्यास गर्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले बाेल्ने अाँट नगरेकाे भन्दै उनले लिम्बुवान प्रदेश भए त्यस्ता कार्य हुन नदिइने बताए ।उनले हिन्दू धर्मको वेद, रामायण, उपनिषदलार्इ लिम्बू भाषामा अनुवाद गर्न सुझाव समेत दिए । उनले क्रिश्चियनहरूले सबै भाषामा अनुवाद गरिसकेकाले उनीहरूलार्इ कारबाही गर्न नसकिने बताए ।उनले सरकारले र्इयुकाे प्रतिबेदन बुझ्न नमानेको तर र्इयुकाे अार्थिक सहयोग काटिने भएपछि मात्रै प्रतिवेदन बुझ्न बाध्य भएकाे तर्क गरे ।उनले खस-आर्य भनेर खस क्षत्रीकाे अधिकार खोसिएको भन्दै आदिवासीबाट थारुलाई छुट्याउने केपी ओली र प्रचण्डले खस-आर्यबाट खसलाई किन नछुट्याएकाे भनेर प्रश्न गरे ।
प्रदेशलार्इ अधिकारविहीन बनाइयाे
साे कार्यक्रममा मञ्चबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने एक्ली सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश सभामा प्रदेश नामाकरणबारे कुनै छलफल नभएकाे बताइन् ।उनले अहिलेकाे सरकारले कुन मोडालिटिको संघीयता कार्यान्वयनमा ल्याउने हो स्पष्ट नभएको भन्दै आदिवासी तथा उत्पीडितले अधिकार पाउछन् भनेर प्रदेशलाई अधिकारविहीन बनाइएकाे बताइन् ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष विशेन्द्र चेम्जोङ, महासचिव शान्ता योङहाङ, अशोक चेम्जोङ, पुर्वमहासचिव संगम खनाल लगायतले धारणा राखेका थिए ।