अजय चौधरी,
सुनसरी:= कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीको गृह जिल्ला सुनसरीका किसानले लगाएको उखुबालिमा विभिन्न रोग ,किरा लागेको विषयमा गोरखापत्र दैनिकमा समाचार प्रकाशन भए पछि उखु बिज्ञ टोलि राष्ट्रिय उखु बालीका संयोजक रामकृष्ण रजकको नेतृत्वमा उखु बाली निरीक्षण गर्न सुनसरी गएकोछ ।
उखु बालिमा विभिन्न रोग किराको आक्रमण भए पछि किसानहरु चिन्तित भएको समाचार आए पछि कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीको ध्यानाकर्षण भएको र उहाँको निर्देशनमा उखु बालीमा रोग किरा लागेको विषयमा अध्यन र किसानलाई परामर्श दिनका लागी उखु बिज्ञको टोलि पुगेका छन ।
जिल्लाको किसानहरुले लगाएको उखु बालिमा रोग किरा देखा परे पछि किसान निरास भएकोले तेसलाइ मध्यनजर गरि बालिका विशेषज्ञ टोली पठाएको मन्त्री चौधरीका स्वकीय अधिकृत शैलेन्द्र राजधामीले जानकारी दिनु भयो । जिल्लाको हरिनगरा ,देवानगज ,चिमडि,अमाहिबेलाह,पुर्वकुशाहा ,दुहबी नगर र गाउपालिका लगायतको क्षेत्रमा लगाएको उखु बालिमा रोग किराको प्रकोप देखा परेको बिज्ञ टोलि संयोजक रामकृष्ण रजकले जनाएको छ ।उचित उपचार र परामर्श दिनका लागि बिज्ञ टोली सुनसरीको बर्जु गाउँपालिका किसानको उखु बाली निरीक्षण गरेको टोलि संयोजकले बताउनु भयो । संयोजक रजकले किसानले लगाएको उखुमा “टफ बरल ” र “एलि सुटबडर ” किरा लागेको पाईएको छ।
वालिमा रोग भन्दा बढी किरा देखा परेको छ ।उपचार र विषादिको बारेमा किसानलाई सल्लाह दिइएको छ । किराको प्रकोप देखिएकाले सोही बारेमा सचेतनाको ब्रोसर र निराकरणको उपाय समेत बिज्ञ टोलिले सिकाइ रहेको छ । सुनसरी र मोरङका किसानहरु उखु बालिमा रोग किरा लागेकाले चिन्तित बनेको बेला परामर्श सल्लाह पाएकोमा किसानले राहतको महसुस गरेको किसान गजेन्द्र चौधरीले बताउनु भयो ।