थारु ग्रामथान भत्काइए पछि थारुहरु चिन्तित/थारु समुदायको अस्तित्व मेटिने सङ्केत

Thursday, 7 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
धिरेन्द्रकुमार चौधरी,,
सुनसरी:=इटहरी ८, स्थित थारुबस्तीमा रहेको ग्रामथान भत्काएपछी स्थानियबासी चिन्तित भएका छन् । भुमि अधिकार मञ्चको कार्यालय भवन छेउमै रहेको थारु ग्रामथान, बसघरा घर पुर्णरुपले नष्ट भएको छ ।
भुमि अधिकार मञ्च कार्यालय भत्काउने भनिए तापनि थारु जातिले सदियौंदेखि पूजा गर्दै आएको देबघर पनि भत्काउँदा स्थानियहरुले ग्रामथान पुनः निर्माणको माग गरेका छन् । अधिवक्ता रामराज चौधरीले थारु जातिले पूजा गर्दै आएको ग्रामथान भत्काउँदा दुख व्यक्त गर्नुभयो । उहाँले भत्काइएको थारु ग्रामथान पुनः प्रशासनले नै बनाइदिनुपर्ने बताउनुभयो ।
सार्बजनिक स्थानमा रहेको ग्रामथानमा गत शनिबार प्रहरी प्रशासनको उपस्थितिमा जेसिबी लगाई भत्काएको थियो ।
सार्बजनिक स्थानमा रहेको ग्रामथानमा गत शनिबार प्रहरी प्रशासनको उपस्थितिमा जेसिबी लगाई भत्काएको थियो । ग्रामथान संरक्षण समितिका सचिब साबित्री चौधरीकाअनुसार हामिले रोक्न खोजदा प्रहरीले कुटपीट गर्दै चारजना महिलालाई प्रकाउ गरी लगेको बताउनुभयो । तर सोही साँझ पक्राउ परेकालाई प्रशासनले रिहा गरेको थियो ।
कुटपीटबाट धाइते थान संरक्षण समितिका उपाध्यक्ष जानकी चौधरीलाई उपचारपछी घर ल्याइएको सचिब चौधरीले बताईन् । त्यहाँ झुमा चौधरीको अध्यक्षतामा सात सदस्यीय महिलाको ग्रामथान संरक्षण समिति छ । थान संरक्षण समिति स्थानिय प्रशासन र समाज कल्याण परीषदमा समेत दर्ता रहेको समितिका सचिब चौधरीले बताइन् ।
स्थानिय बडा कार्यालयले छुटयाएको एक लाख बजेट रुपैयामा ग्रामथानको र्ममत नहुदै भत्काईएको छ । त्यहा टिन छाना सहित पककी भबन बनाईएको थियो । त्यहा रहेको सामुदायिक भबनमा मासिक बचत, ऋण लगानी र थारु, मुसहरका बालबालिकाहरु अध्ययन गर्नेगरेको संस्थाकी सचिबले बताईन् । स्थानियकाअनुसार त्यस ठाउमा नमुनाकोरुपमा थारु ग्रामथान रहेको थियो ।
यस्तो छ अदालतको पत्र
सुनसरी जिल्ला अदालत को च.न. १६९८२ को मिति २०७५।२।१४ गते इटहरी उपमहानगरपालिका ८. बडा कार्यालयलाई प्रतिनिधि खटाई पठाई दिनेबारे बोधार्थपत्रमा इनरुवा ३ बस्ने दामोदर पोखरेलले भुमी अधिकार मञ्चको कार्यालय रहेको सार्बजनिक जग्गामा भएको घर टहरा हटाउने मागमा दरखास्त परी कार्बाहीभै मिति २०७५।२।१९ गते उक्त जग्गाको घर हटाइने हुदा प्रतिनिधि रोहबरमा बस्नकालागि प्रतिनिधि खटाई दिन जानकारी गराईएको छ ।यस सम्बन्धमा दामोदर पोखरेलसंग बुझन खोज्दा सम्पर्क हुन सकेन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu