आर एन चौधरी थारु,,
मलेसिया := रोजगारीको सिलसिलामा मलेसिया बसाईको क्रममा दुर्घटनामा परि एउटा खुट्टा गुमाएका अपाङ्ग बिरामीलाई नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाको आयोजनामा हुन गैइ रहेको मेघा लाइभ कन्सर्टबाट लाभ हुने केही रकम पीडितलाई आर्थिक सहयोग गर्ने भएका छ्न।
महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराए अनुसार स्वास्थ्य गडबडीको कारणले खुट्टा गुमेका सोलुखुम्बु जिल्ला नेचा बतासेका आङ पासाङ शेर्पा हुन,शेर्पाको घरको पारिवारिक स्थिति अत्यन्तै नाजुक रहेको छ।पीडित शेर्पालाई अहिले मलेसिया स्थित नेपाली राजदूतावास,आदिवासी जनजाती महासंघ मलेसिया लगायत विभिन्न संघ संस्थामा आबद्ध नेपाली श्रमिकहरु संग,नेपाली ब्यावसायी,समाजसेविहरु संग (सहयोग रकम) चन्दा सङ्कल गरि रहेको र चाडैं नेपाल फिर्ता गराउने तयारी भैरहेको छ ।साथै नेपाल पठाउने काम मात्र नभैइ पिडितलाई यस् लाइभ कन्सर्टबाट उठ्ने रकम मध्य केही रकम पनि सहयोग गर्ने भन्नु भयो।
मेघा लाइभ कन्सर्ट मलेसियाका स्थानीय बासिन्दा मुश्लिम धर्मावलम्बीहरुको महानचाड हरिरायाको अवसर पारेर राष्ट्रिय स्तरको नेपाली कलाकारहरु ज्योति मगर,सरस्वती लामा,सुनिता दहित,जेनि शेर्पा,रुपा यस् घले,जनबादी गायक राजन राई ,Dj छेवाङ शेर्पा लगायतको साथमा नेपाली श्रमिकहरुलाई भरपुर मनोरञ्जन दिलाउनको निम्ति मुख्य मुख्य सहरहरु इपो,ताइपिङ,र क्वालालम्पुर(केयल)मा क्रमशः यो महिनाको जुन १५,१६,1७ तारिख भब्य आयोजना हुन गैइ रहेको छ।