हमार सनेश सहकर्मी,
अनिल प्रित,,
कोल्हबी:=बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ६ प्रसौनमा थारु महिला सभाकोे दोश्रो अधिवेशन सम्पन्न भएको छ । थारु कल्याणकारीनी सभा बाराका अध्यक्ष राम प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न अधिवेशनमा माया देवी चौधरी अध्यक्ष पदमा र उपाध्यक्षमा चन्द्रकान्ता चौधरी लगाएत ११ जना समिति सर्वसहमतीबाट चुनिएका छन् ।
कार्यक्रममा बारा गढी गाउँपालिका बस्ने करैयामाई गाउँपालिकाको अधिकृत अमोद चौधरीले आफ्नो बिहेमा केटी पक्ष संग दाईजो नलिई सम्पन्न गरेकोमा कार्यक्रमका प्रमुख अतिथी द्वारा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमा बारा जिल्लाका प्रहरी प्रमुख मिरा चौधरी आउने हो हल्ला भएपनि उपस्थिीत नरहेको देखियो । कार्यक्रममा थारु अगुवा लक्ष्मी चौधरी, चुनिया देवि चौधरी, मोति देवी चौधरी , रामनाथ चौधरी , भुवन चौधरी लगाएतकाले स्वागत मन्तब्य ब्यतm गरेका थिए । भने कोल्हबी नगरपालीका वडा नम्बर ६ का अध्यक्ष पुरन देव चौधरी र सोही वडाका श्वास्थय चौकीका प्रमुख मोहन चौधरी र पूर्व सांसद दिलमाया धामीले मन्तब्य ब्यतm गरेका थिए ।