हमार सनेश सहकर्मी ,
राम अवतार चाैधरी,,
कपिलवस्तु:=सम्मान तथा थारु समुदायको विकासका लागि स्थानीय तहकाे भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-४, गजेहडा स्थिति वि.पि. स्मृति हलमा थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तु र बुद्ध सनेस साप्ताहिक पत्रिकाकाे संयुक्त अायाेजनामा गरिएको हाे ।
थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा थरुवान डटकमका सञ्चालक एवम् एक दिने अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मदन कुमार थारुले कार्यक्रमलाई समुदघाटन तथा सम्बाेधन गर्नुहुदैँ थारु पत्रकार संघ नेपाल देशका विभिन्न जिल्लामा हाल सम्म १६ वटा शाखा विस्तार गरिसकेको अवस्थामा सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट सूचना सम्प्रेषण गरेर पारदर्शिता कायम गरि अाफ्नाे हक हित तथा सम्पूर्ण जाति, धर्म, लिङ्ग र समुदायको विकासमा थारु पत्रकार संघ नेपालले भूमिका खेलिरहेकाे बताउनुभयो । उहाँले बाणगंगा नगरपालिकालाई लक्षित गरि गरिएको कार्यक्रम भएकाे हुनाले साे नगरका पदाधिकारीले थारु समुदायको विकासका लागि स्थानीय तहकाे भूमिकामा बाणगंगा मात्रै नभएर कपिलवस्तुमा समेत थारु पत्रकार संघ नेपालकाे शाखा र थारु भाषाकाे पत्रिका बुद्ध सनेस साप्ताहिक बाणगंगामा पनि रहेकाे भन्ने सबैमा अवगत गराउँदै सम्पूर्ण स्थानीय निकाय देखि लिएर समुदायले समेत अा-अाफ्नाे क्षेत्रबाट थारु समुदायको विकासका लागि कार्ययोजनामा बजेट विनियोजन गरिदिनुहुना अाग्रह समेत कार्यक्रमका प्रमुख अतिथि थारुले गर्नुभयो ।
यसैगरी साेहि कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले कार्यक्रममा बाेल्नु हुँदै व्यक्तिगत र अाफ्नाे नगरपालिकाकाे तर्फबाट थारु समुदायकाे विकासका लागि पारदर्शी ढङ्गले अाफ्नाे नगरपालिका र पहुँच भएकाे क्षेत्रबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत उहाँले गर्नुभयो । साथै बाणगंगा नगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तु र बुद्ध सनेस साप्ताहिक पत्रिकाद्वारा सम्मान समेत गरिएकाे हाे । उक्त कार्यक्रम श्याम सि.टी.काे अध्यक्षता, थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा थरुवान डटकमका सञ्चालक मदन कुमार थारुकाे प्रमुख अातिथ्यता, बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारु र थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव तथा मुक्तिक डगर अनलाइनकी सञ्चालिका इन्दु थारुकाे विशिष्ट अातिथ्यता, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चाैधरी, थारु पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्ष राज चाैधरी, पूर्व सांसद तथा थारु कल्याणकारी सभाका पूर्व सदस्य विश्राम प्रसाद थारु, थारु संस्कृति संरक्षण परिवारकाे अध्यक्ष चामु थारु, बागेश्वरी सामुदायिक वन उपभाेक्त समितिकी सचिब निर्मला थारु, पत्रकार माेहन बेल्बासे, बाणगंगा नगरपालिका वार्ड न.१ की बाल कुमारी अधिकारी, वार्ड न.३ का सन्तराम राैतार थारु, वार्ड न.५ का भिष्मराज भुसाल, वार्ड न.११ का साेमनाथ अर्याल लगायत वडा अध्यक्षहरुकाे अातिथ्यता, रञ्जना राैतारकाे स्वागत मनतव्य, बुद्ध सनेस साप्ताहिक पत्रिकाकाे सचिब द्वारिका प्रसाद थारुकाे सञ्चालन र ४१ जनाकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम सञ्चालक थारुले बताए ।