मलेसिया:=चार बर्स पहिले आफ्नो परिवार को ओठमा थोरै खुसी को रंग भर्छु भनेर वैदेशिक रोजगारि को सिलसिला मा मलेसिया आइपुगेका सोलुखुम्वु महाकुलुङ गाउँपालिका का प्रेम कुलुङ र गुल्मीका सुर्य नेपाली रोजगारदाता कम्पनी को पारिश्रमिक चित्तबुझ्दो नभएपछि अबैधानिक रूपमा काम गर्न थाल्छन । करिब एक बर्ष पहिले देखि मलेसिया को मलाका राज्यमा एक साधारण इलेक्टि्रकल कम्पनी मा काम गर्दैआएका उनिहरुलाइ मलेसिया सरकार ले घर फर्किन दिएको अल्टिमेटम ले केही भय पैदा गरायो र सरकार ले तोकेकै समयावधि भित्र घर फर्कने सल्लाह गरे ।
उनिहरु लाई घर कसरी फर्कने ? के कस्ता प्रक्रिया पूरा गर्नुपर्ने ? भन्ने बिसयमा केही थाहा थिएन । एत्तिकैमा मकवानपुर घर बताउने अमिर अधिकारी नामका एकजना विचौलीया सङ सम्पर्क हुन पुग्छ । मलेसियावाट घर फर्किन २ हजार १ सय पचास रिङेट लाग्ने र आफुले २/३ दिन भित्र घर फिर्ता गराइसक्ने सहमती मा गर्दैगरेको काम छोडेर घर बाट पैसा मगाएर घरफर्कन भनेर मलेसियामा को राजधानी क्वालालम्पुर तिर आउछन् ।
क्वालालम्पुर आएपछी अमीर अधिकारी लाई फोन गर्छन् अधिकारी ले ३० जना जतिलाई खाँदेर राखेको कोठामा लगेर उनिहरु लाई छोडिदिन् । बिचौलिया अधिकारीले उनीहरुलाई सायद सोझो देखेर हुनुपर्छ, थप ५ सय रिङेट आवश्यक रहेको भनेर माग्न सुरु गर्छन् । यहीक्रममा प्रेम र सूर्यले मिडियालाई जानकारी गराउन पुग्छन् । उनीहरुको समाचार मलाय खवरले प्रकाशित पनि गरिदिन्छ । त्यसपछि विचौलिया केही आत्तिए जस्तो गरेर थप मागेको रकममा बार्गेनिङ सुरु गर्छ र २ सय ५० रिङेटभन्दा कममा कुरा नमिल्ने भनेर भन्छन् ।
समाचार बाहिर आएपछि अधिकारी ले धम्क्याउन थाल्छ्न । ज्यान नै तलमाथि हुने डरले पीडितहरु २ सय ५० रिङेट दिन राजी हुन्छन् । पिडितहरुले विचौलिया अधिकारीले विभिन्न धाक धम्कीका साथ थप पैसा मागेको र आफुहरु पनि घर जानु पर्ने भएकाले घर वाट मगाएर अधिकारीलाइ पैसा दिन परेको वताएका छन् । २ सय ५० रिङेट दिएपछि विचौलियाले पीडितहरुलाई रातीनै अनेकौं धाकधम्की दिएर समाचार गलत हो भनेर राति सुतिरहेको स्थान मा केहि सहयोगी साथीहरू सहित लिएर गै कसैले केहि लेखेको पड्न लगाउने कसैले भिडियो र स्टाटस लेख्न लगाउछ्न र पीडित कै फेस्बुक एकाउन्ट बाट अप्डेट गरज्यान जोगाउन प्रेमले यसरी स्टाटस लेखिदिन्छन् र भिडियोमा समेत पढिदिन्छन् । पढ्न लगाएर गर्दिन्छन । बिचौलिया अधिकारी ले धाकधम्कीका साथ म चाहान्न तेसो गर्न एदि चाहेको खण्ड मा गेट नजिकै ज्यान लिन पनि सक्छु भन्दै खिचिएको भिडियोलाई मलेसियाभरी भाइरल बनाउँछन्, विचौलीयाहरु मिलेर । समाचार गलत रहेको भन्दै क्वालालम्पुर स्थित राजदुतावास मा समेत स्वयं पीडित लाई जबर्जस्ति हाजिर हुन लगाउछन र लिखित निवेदन आफै लेखेर दिन्छन् यसरी पीडित भनिएकाहरुले नै मिडियामा आएको समाचार झुठो भनेर बोलिदिएपछि नपत्याउने कुरो पनि भएन । पीडितहरु नेपाल जाने बेला सम्म नेपाल मा गएर मिडिया तिर बोले आफू आत्माहत्या गर्ने समेत डरदेखाउन पुग्छन् जव मलेसियाबाट बल्लबल्ल नेपाल आइपुगेका पीडितहरु, तव कुरो यसरी खोल्छ्न ।
मनोरञ्जन को साथी अन्लाईन टेलिभिजन मा पीडित प्रेम राई सङ को कुराकानी ।
भिडियो सहित;-



