१२ वर्षीय बालक युवराज साहको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

Tuesday, 12 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
शिव पुरी , ,
रौतहट:=रौतहटको कटहरिया नगरपालीका ९ डुमरिया टोलका १२ वर्षीय बालक युवराज साहको हत्या अभियोगमा वडाध्यक्ष रामाज्ञाराय यादबलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको योजनाकार नै वडाध्यक्ष यादब भएको हुन सक्ने ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक चतुर्भज ओझाले बताउनुभयो।

स्थानीय दिलिप साहका १२ वर्षीय छोरा युवराजको शनिबार राती अपहरणपछि हत्या भएको थियो । वडाध्यक्ष यादवसहित हत्या आरोपमा अहिलेसम्म ७ जना पक्राउ परिसकेका छन् । आफ्नै घरमा सुतिरहेका बालकलाई छिमेकी यादवको योजनामा अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नगरपालिका स्थित  आकरपाथर टोलका रवी पटेल र विनोद पटेलको बयानबाट बालकको अपहरण र हत्याको योजना वडाध्यक्षले नै बनाएको खुलेको हो । फिरौतीका लागि युवराजको अपहरण गरेको आरोपीतहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ ।  अपहरणकारीले काकाका छोरा निरन्जन जयसवालले प्रयोग गर्ने मोवाइल साथै लगेका थिए । सोही मोबाइलबाट अपहरणको १२ घण्टापछि अपहरित बालकका बुवा दिलिप साहलाई फोन गरी १ करोड रुपैया फिरौती माग गरेको थियो । साहले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए । त्यस पछि ५ लाख रुपैयामा बालकलाई अपहरण मुक्त गर्ने सहमति भइसकेको थियो । 
अपहरणकारीले २ घण्टा पछि स्थान तोक्ने बताएर सम्पर्क्वहिन भएका थिए । आइतबार राति करिब साढे ११ बजे वडाध्यक्ष यादवका भाई रामबालक यादवले अपहरित बालकका काका ओमप्रकाश जयसवाललाई फोन गरी भतिजाहरुले बालक अपहरण गरेको र फिर्ता गराउने बताएपछि जैसवालले इलाका प्रहरी गरुडालाई खबर गरेका थिए । त्यस पछि प्रहरीले गरुडा नगरपालिका ४ को वडा कार्यालय नजिकैको घरबाट वडाध्यक्ष यादवका छोरा सहितलाई नियन्त्रणमा लिन सफल भएको थियो । उनिहरुले अपारध स्विकार गरी बालकलाई गोली हानी हत्या गरेर फालेको बताएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गौरबाट बालकको शव गाउँमा ल्याई साँझ अन्त्येष्टि गरिएको छ । त्यस क्रममा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu