हमार सनेश सहकर्मी ,,
काठमाडौं:= राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको शपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लवको साक्षात्कारमा महासचिव झाले भने, ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ । औपचारिक तथा अनौपचारिक छलफल भइरहेको छ।’सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब चौधरीको सपथ ग्रहणको वातावरण बन्नेवित्तिकै राजपा सरकारमा सहभागी हुने झाको दाबी थियो। आगामी बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको शपथग्रहण भए त्यसको एकदुई दिनभित्रै पार्टी सरकारमा जाने उनको दाबी थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुनेबारे गम्भीर छलफल भइरहेको महासचिव झाले जानकारी दिए। उनले आफूहरुले संविधान संशोधनमा ‘टाइम फ्रेम’ खोजेको पनि जनाए।
‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानुन निर्माण भइसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं,’ उनले भने।
२ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत उनले जिकिर गरे। उनले थपे, ‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं।’
महासचिव झाले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी बहन गर्न तयार रहेको पनि विश्वास दिलाए। उनले भने, ‘यदि हामीलाई यस्तो जिम्मेवारी आउँछ भने हामी पछि हट्दैनौं।