जनकपुर जाँदै गरेको बस दुर्घटनाग्रस्त /३ को मृत्यु ३० जना घाइते..

Monday, 25 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=काठमाडौंबाट जनकपुर जाँदै गरेको एक रात्री बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुरका लागि छुटेका बा.७ख. १६४१ नम्बरको इंद्रेनी यातायात पथलैया आस पासमा दुर्घटना भएको थियो ।
पथलैया हेटौंडा सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा रतौली–१ निवासी बलाला यादव, तारापट्टी सिरशियाकी गर्भवत महिला किरण साह र एक जना पहिचान खुल्न बाँकी रहेको मृत्यु भएको छ ।
घाइतेहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको छ । तीव्र गतिमा आइरहेको ट्रकबाट बचाउने क्रममा बस सडकबाट तल खसेको एक प्रत्यक्षदर्शीले बताएका छन् 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu