सुनिल चौधरी,,
ईटहरी:= ईटहरी ८ स्थित टेंग्र टोलमा थारुहरुले धार्मिक आस्थाले मान्दै आएको बिच्छुग्राथान भत्काउने ईनरुवा ३ का स्थानिय लेखा पढि ब्यवसायी दामोदर पोख्रेललाई हदै सम्म कार्वाहिको माग गर्दै जिल्ला प्रशासन कार्यलय सुनसरीमा ज्ञापनपत्र बुझाएको छ ।
एक दर्जन संघ संगठनको हस्ताक्षरित ज्ञापनपत्रमा पोख्रेललाई दोषि देखाउदै बृहत जनसहभागीका साथ तिनै तहगरी जिल्ला प्रशासन कार्यलयमा आईतवार ज्ञापनपत्र बुझाएको हो ।ऐलानि जग्गामा रहेको ग्राथानलाई आफनो निजि जग्गा अगाडी रहेको भन्दै अदालतको बिना आदेश शस्त्र प्रहरी लगाई जेसिबिले जेठ १९ गते भत्काउन लगाएको थियो । त्याहा रहेको भुमि अधिकार मञ्च घरलाई जिल्लाबाट भत्काउन आदेश आएपनि ग्रामथानलाई समेत भत्काएको थियो । राजनितिक पहुचको आधारमा छल र कपटले भत्काउन लागएको भन्दै पोख्रेललाई दोषी देखाउदै अन्य दोषिलाई पनि कार्वाहिको माग गरेको छ ।
सो हस्ताक्षरित पत्रमा उल्लेख भए अनुसार माग मुद्धा सम्बोधन नभए सम्म जुनसुकै प्रकारको जस्तो सुकै कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनि समेत दिएको छ । प्रदेश प्रमुख र प्रधानमन्त्रि कार्यालय काठमाण्डौमा पुग्नेगरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई बुझाउदै सो माग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यलय साकारात्मक रहेको बताउनु भयो । कसैको मठमन्दिर भत्काउन पाईदैन, राज्यको सम्पतिको रुपमा रहेको मठमन्दिर कसैले भत्काउने र भत्काउन लगाउने अपराधि हो भन्दै ईटरीको ग्राथानबारे ईटहरी नगरपालिका संग सत्य तथ्य बुझेर कार्वाहि अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो ।ज्ञापनपत्रमा क्षतिपुर्ति सहित ग्रामथान पुन निर्माण गरिनु पर्ने,दोषि माथि कारवाहि गर्नु पर्ने,थारुको पहिचान तथा संस्कृति,धार्मिक स्थलको राज्यबाट संरक्षण गर्नु पर्ने,आदिवासि थारु समुदायको धार्मिक स्थल,संरक्षण सम्बर्धन गर्नकालागी छुटै कोषको ब्यवस्था गर्नु पर्ने,आइएलओ १६९ को प्रस्तावनालाई स्विकारगरी तुरन्त लागु गर्नु पर्ने उल्लेख रहेको छ ।
टेंग्राटोलका स्थानियवासी त्यसैगरी संघ संगठनको प्रतिनिधिहरुको सहभागी टोलीले ८ नं. वडा कार्यालयबाट ज्ञापन पत्र बुझाउन सुरु गरेका थिए । वडा कार्यालयमा वडा सचिव चन्द्र चौलागाईले आफुनै सर्वेसर्वा हु,अहम देखाउदै ज्ञापन पत्र दर्ता गर्न नमानेको ग्रामथान संरक्षण समिति सचिव साबित्रा चौधरीले बताईन् । बाध्यता वडा कार्यालयको बिरुद्धमा नारालगाए पछि मात्र दर्ता गरेको भन्दै यस भन्दा पहिले पनि भत्काएको ग्रामथान मुचुल्काकालागी सचिवलेनै नदिएको उन्ले बताईन् ।त्यसपछि ईटहरी नगरपालिकामा जादा नगरप्रमुख द्धारीकलाल चौधरीले बाहाना बनाई ज्ञापनपत्र बुझ्न अस्विकार गर्दै बाहिर निस्केर गएको बताएका छन् । जनताले पठाएको जनप्रतिनिधिले जनताकै गुनासो नसुनि यसरी बाहाना बनाई जानु जनतालाई अपमान गरेको संघिय समाजवादि फोरम केन्द्रिय सदस्य तेजनारायण चौधरीले बताए । मेयर चौधरी नगरपालिकाबाटै बाहिर गएपछि प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको छ । आफनो छोरा छोरीको गुनासो र अवस्था नसुन्ने गार्जन कस्तो होला ? भने नगरकै अभिभावकको रुपमा रहेको मेयरको यस्तो ब्यवहार प्रति आसंकागरी नगरलाईनै बेचेर दलालको जिम्मा लगाउने आंसंका सहभागीहरुले गर्दै दुखेसो गरेका छन् । यसबाट सबै नगरवासी सचेत रहन ससफोका केन्द्रिय सदस्य तेजनारायण चौधरीले बताए ।
सो ज्ञापनपत्र बुझाउन अध्यक्ष झुमा चौधरीको नेतृत्वमा श्री ग्राथान संरक्षण समिति ईटहरी, केन्द्रिय सचिव सुसिला चौधरीको नेतृत्वमा थारु महिला सभा केन्द्रिय,जिल्ला सुनसरी सचिव सुसिला लेखि,थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,ससफो केन्द्रिय सदस्य तेजनारायण चौधरी,ससफो ईटहरी नगर समिति अधयक्ष दिल्ली सुब्बा,किरात थाकथुम चुमलुङ्ग ईटहरी,नेपाल सेर्पा संघ, मगर संघ, किरात राई यायोखा,तमु छुयुल छोदधी,नेपाल परिवार दल क्षेत्र कार्यसमिति, थारु पत्रकार संघ सुनसरी,आदिवासि जनजाति पत्रकार महासंघ सुनसरी अधयक्ष धिरेन्द्र चौधरीको नेतृत्वमा बृहत सहभागीले ज्ञापन पत्र बुझएका हुन् ।थारु कल्याणकारी सभा जिल्ला सुनसरी र ईटहरी नगर समिति बाहेक सबै संघसंगठन चासोका साथ सहभागी र सहयोग गरेका थिए । थारुको पहिचान संरक्षणको आत्मसाथ गर्दै संगठनको सहयोग संगै राजनितिकदलको पनि सहयोग रहेको थियो ।