सुनिल चौधरी,,
ईटहरी:=ईटहरी वडा नं.८ टेग्राटोलका थारुसमुदायले धेरै बर्ष पहिलेदेखिनै धार्मिक आस्थाले मनाउदै आएका ग्रामथान भु–माफियाले भत्काएपछि सोहि स्थानमा स्थानियले पुनःनिर्माण गर्न थालिएको छ । यसमा थप बलपुगोस भन्ने हेतुले क्रमबद्ध रुपमा छलफल अगाडि बढाउदै सहयोगकालागी असार ८ गते सुक्रवारकादिन ईटहरी वडा नं. ८ स्थित तामाङ्ग धेदुङ्गको कार्यालयमा बृहत बैठक बस्ने भएको छ ।
जिल्ला कार्यालयमा दर्ता संस्था ग्रामथान संरक्षण समिति ईटहरीको पहलमा सुक्रवार दिउसो ०१ः०० बजे बस्ने समितिकी सचिव साबित्री चौधरीले बताएकी छन् । यसकालागी थारुहरुको संघ संगठन,सामाजिक अगुवा,आदिवासि जनजाति संघ संगठन,आस्था केन्द्रित गैरथारु अगुवाहरुलाई समेत बृहत बैठकमा सुझाव सल्लाहकालागी आब्हान गरिएको छ ।
भु–माफियाले राजनितिक पहुचका आधारमा सुनसरीका प्रहरी प्रशासन,स्थानिय तहका जनप्रतिनिधिहरुलाई कठपुतली जस्तै चलाएर थारु पहिचानमाथिनै धावा बोलेकालाई र सम्बलग्नलाई कार्वाहिकालागी र निर्माण पछि फेरीपनि यस्ता घटनाहुन नदिन बिशेष छलफल हुने सचिव साबित्रा चौधरीले बताए । जेष्ठ १९ गते ग्रामथान भत्काएपछि मुचुल्का उठाईदिन वडा कार्यालयमा लिखित निवेदन दिएपनि हाल सम्म सुनुवाई भएको छैन् । यसकालागी मेयर द्धारिकलाल चौधरीलाई लाई समेत गुहारदा समेत उल्टै हप्काएर पठाएको स्थानियहरुले बताएका छन् । भत्काउदा जेसिबिमा लागेको खर्च तिमिहरुलेनै तिर्नुपर्ने डर र धम्कि समेत मेयरले देखाएको स्थानियहरुले बताएका छन् ।
बुधवार भएको एक चरणको छलफलमा पश्चिम दाङ जिल्लाका तुलसिपुरबाट महेश चौधरी समेत सहभागी भएका थिए । स्वार्थ सिद्धकालागी भुमाफियालाई राज्यले संरक्षण गरिरहेको र थारुलाई राजनितिमा पनि अगाडि बढ्न राज्यले बाधागरिरहेको आरोप दाङबाट आएका चौधरी लगाए । यसले सदियौ देखि उत्पिडनमा परेकाहरु फेरीपनि हेपिएर बस्न बाध्य बनिरहेको उन्ले बताए । त्यसैले पुर्वको थारुको समस्या पश्चिमले र पश्चिमकाथारुको समस्य पुर्वले बोक्न र अगाडि बढाउन एकजुट हुनुपर्ने सुझाव दिएका छन् ।
एलानि जग्गामा रहेको कुनै भुमाफियाले प्रशासनकै मिलेमतोमा ग्रामथान भत्काउन सक्छन् भने तराईका प्रत्येक थारु गाउँटोलमा रहेको ग्रामथानको अवस्था येस्तै अवस्था सिर्जना हुन सक्ने छलफलमा आएको छ । त्यसैले यहाबाटै शसक्त रुपमा हरेक प्रकृयाबाट अगाडि बढ्नुपर्ने तर्कहरु आएको छ । यसकालागी थारु कल्याणकारीणि सभा उभिनुपर्ने सहभागीहरुले बताएका छन् । छाता संगठनले अगाडी बढाउदा प्रभावकारी हुने निषकर्ष समेत लिकालेका छन् । तर थाकस जिल्ला सुनसरी भने पहिचान संरक्षणमा आत्मसमपर्ण गरे जस्तै मौन रहेको छ । यसरी मौन भईरहदा थाकसमा राजनितिक चलखेल भईरहेको आसंका प्रष्ट देखिन थालेको छ । यो प्रबृति आजबाट होईन स्थापनाकाल देखिनै देखिएको थाकसका पुर्व पदाधिकारीहरुलेनै बताउछन्् । यो छिटा सुनसरी थाकसमा पनि परेको उनीहरुलेनै बताउछन् ।
बुधवार ईटहरीमा भएको छलफलमा थारु अगुवाहरु ईहरीका तेजनारायण चौधरी,रामधुनीका रामराज चौधरी,राजकुमार चौधरी,समाजिक अभियान्ता सत्यनारायण चौधरी,मोरंकी कल्पना चौधरी लगायत ग्रामथान समितिका पदाधिकारीहरुको सहभागीतामा छलफल भएको थियो ।