चर्चित कलाकारहरुको साथमा केलाङमा विशेष साङ्गितिक कार्यक्रम आयोजना हुँदै

Friday, 22 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
मलेसिया:=पछिल्लो समय अनलाइन दोहोरीले समाजिक संजालहरुमा राम्रो चर्चा पाएको छ । फेसबुक म्यासेन्जरबाट अनलाइन दोहोरी मार्फत प्रतिभाको खोजी तिब्र भइरहेको छ । सोही अवसरमा अनलाइन खोजी प्रतिभा आइडल प्रालिद्धारा मलेसियामा विशेष साङगीतिक धमाका समेत हुने भएको छ । 
यही जुन महिनाको २४ तारिख आइतबारका दिन मलेसियाको केलाङ चौतारी रेष्टुरेन्टमा विशेष साङगीतिक प्रस्तुती सहित चर्चिक कलाकारहरुको साथमा धमाक्का मच्चिने भएको छ।अनलाइन खोजी प्रतिभा आइडल प्रालिको प्रथम बार्षिक उत्सवको अवसर पारेर धामाकाको आयोजना गर्न लागिएको आयोजक टिमले जानकारी गराउनु भयो।

उक्त कार्यक्रममा गायक धिरेन लिम्बु, अनिल वाइवा तामाङ, अमिर लोप्चन, कोष बोम्जन तामाङ, मिङमार मोक्तान, सदन राइ, राजेश पायल दिङदम, रमित स्याङतान, पर्शुराम राइ, अम्बर लिम्बु लगायत थुप्रै कलाकारहरुको प्रस्तुती रहने छ।नेपाली कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको अनलाइन खोजी प्रतिभा आइडल प्रालिका अध्यक्ष भुपेन्द्र माबो लिम्बु हुन भने सरोज बोम्जन तामाङ यस सस्थाका संस्थापक हुन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu