सहकर्मी,,
मलेसिया:=रोजगारीको सिलसिलामा मलेसियामा रहेका चौधरी थारु जातिको एक मात्र समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको चर्चा फ़ेरि एकाएक चुलिएको छ।
चर्चापरिचर्चा हुनुको कारण थारु समाज मलेसियाले केयल र जोहोरबारुमा जस्तै: अब तेस्रो ठूलो प्रान्त पेनाङमा समेत आफ्नो क्षेत्रीय समिती गठन गर्न लागेका हुन।समाजका केन्द्रिय अध्यक्ष मनिराम थारुले जानकारी गराए अनुसार आउदो जुलाई महिनाको १५ तारिख आइतबारको दिन पेनाङ क्षेत्रमा रहनु हुने सम्पुर्ण थारु युवा,युवतीहरु लाई एकताको क्षुत्रमा बाध्न ,थारु समाजको बिकासको निम्ति ,सहयोगको निम्ति सक्दो अग्रसर गराउने, समाजिक ,राजनीतिक बिषयमा चेतना अबिबृद्धी गराउने र यहाँ मलेसियामा विभिन्न कारण बँस समस्यामा परेका थारु लगायतको नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्ने आदि इत्यादि उदेश्यहरुमा रहि बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना तथा थारु समाजको क्षेत्रीय समिती गठन गर्न लागेको भन्नू भयो।
साथै अध्यक्ष थारुले पेनाङमा रहनु हुने थारुहरुलाइ अनिवार्य अनिवार्य उपस्थितिको निम्ति आह्वान समेत गर्नु भएको छ।
गठन कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा थारु समुदायको झाकी,नाचको समेत प्रस्तुति रहनेछ।