रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन संसदमा माग

Tuesday, 3 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:=कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतले निर्वाचित प्रतिनिधि सभाका सदस्य रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आवाज उठेको छ।राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राष्ट्रिय सभा सदस्य बृषेश चन्द्र लालले चौधरीलाई निर्वाचितको प्रमाण पत्र तत्काल उपलब्ध गराउन माग गरे।
निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिनु लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको आरोपसमेत लालले लगाए। चौधरीको वारेसलाई समेत प्रमाणपत्र उपलब्ध नगराउनु निर्वाचन आयोगको बदमासी भएको उनको तर्क थियो।टिकापुर घटनाका आरोपित चौधरी भूमिगत अवस्था मै चुनाव जितेका थिए। तर निर्वाचन आयोगले उनलाई प्रमाण पत्र उपलब्ध नगराउँदा उनले सपथ ग्रहण गर्न पाएका छैनन्। अदालत समक्ष हाजिर भएका चौधरी हाल पूर्पक्षका लागि हिरासतमा रहेका छन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu