दाहिने खुट्टा गुमाएका पासाङलाई शेर्पा किदुग मलेसियाले गर्यो १ लाख भन्दा बढी आर्थिक सहयोग

Tuesday, 3 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := सोलुुखुम्बु जिल्ला,नेचा बतासे,७ निबासी मलेसियामा दाहिने खुट्टा गुमाएका पीडित आङपासाङ शेर्पालाई मलेसिया लगायत विभिन्न देशहरु बाट आर्थिक सहयोग प्राप्त भैइ रहेको बेला शेर्पा किदुग मलेसियाले समेत उपचारको लागी आर्थिक सहयोग प्रदान गरेका छ्न।
शेर्पा किदुग मलेसिया परिवार मिलेर रोजगारीको सिलसिलामा मलेसियामा रहेका विभिन्न सहयोगी दाताहरु संग सङ्कलन गरेको करिब १ लाख दुई हजार १३ रुपैयाँ आर्थिक सहयोग पीडित आङ पासाङ शेर्पा लाई अस्पतालमै भेटेर किदुग मलेसियाका संरक्षक तेन्जिङ शेर्पाले पीडितको बुवा,आमा र किदुग मलेसियाकै अर्का संरक्षक ङ्वाङ नुरि शेर्पा,सञ्चारकर्मी निम्लेकी शेर्पाको रोहवरमा सो रकम हस्तान्तरण गरेका हुन।त्यसै गरि पीडितलाई सहयोगकै क्रममा शेर्पा किदुग मलेसियाकै महिला उपाध्यक्ष पासाङ ल्हामु शेर्पाले नेपाली करिब २७ हजार रुपैयाँ सङ्कलन गरि आर्थिक सहयोग गरेका छ्न ।


बिगत ४ बर्ष देखि मलेसियाको पानासोनिक कम्पनीमा काम गर्दै आइ रहेका आङ पासाङ शेर्पा अचानक एक दिन स्वास्थ्यमा समस्या भैइ अस्पताल भर्ना भएका थिए ,पिडित शेर्पाको भनाइ अनुसार मेरो खुट्टामा घाउ भएको थियो जब म अस्पताल भर्ना भए होसमा हुँदा सम्म मेरो खुट्टा ठिकै थियो,डाक्टरले बेहोस रहेकै अवस्थामा उपचार सम्भव हुने बताए पछि मैले हुन्छ भने तर जब म २ दिन पछि ब्युझिए थाहा पाए मेरो एउटा खुट्टा नै छैन । काम गर्ने कम्पनी र अस्पतालले कुनै कुरा नै नगरी बिना जानकारी खुट्टा काटेको कुरा प्रती आफू दुखित रहेको समेत भन्नू भयो ।
हाल आङ पासाङ शेर्पाको उपचार काठमाडौं स्थित शुष्मा मेमोरियल अस्पतालमा भैइ रहेको छ।शेर्पाको उपचारको लागी थप आर्थिक अभाव रहेकोले यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने तलको बैंक खातामा जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ्।
Name:-Ang pasang sherpa
Global IME a/c no.;- 807010000317

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu