कुलदिप चौधरी
सुनसरी:= थारु कला केन्द्र मोरङ्गले थारु समुदायको कला संस्कृति रितिरिवाज परम्परालाई संरक्षण गर्दै यसपाली मिस्टर एन्ड मिस थारु आइकन २०१८ को अडिसन भोलि देखि सुरुगर्ने भएको छ । यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ बिराटनगरको सभा हलमा भवियताको साथ् आज पत्रकार समेलन भएको छ ।
देव कृष्ण विस्वासको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी वन्दु पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै संस्कार संस्कृतिका धनी थारु जातिको आफनै बेग्लै पहिचान रहेकोले आपना समुदायलाई अगाडि बाढाउनका निम्ति यस महत्त्व पुर्ण कार्यलाई सबैले हाथे मालो गरि सफल बनाउन जोड दिनु पर्छ भनी प्रष्टयाउनु भयो। यसैगरी कार्यक्रममा थारु महिला सभाका जि. अध्यक्ष शुशिला लेखी, थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कुलदिप चौधरी , राजनीति प्रेमी शुचि चौधरी, जन प्रतिनिधि मिना विस्वास लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
मोरङ्गका लागि विराटनगरको मोवाइल वर्क सप,डयााजल डान्स, म्युजिक एन्ड फिटनेस र गज लक्ष्मी ज्वेलर्समा र झापाको विर्तामोडमा निधि ग्रुप एन्जिओ आइएमइ र उदयपुरको गाइघाटमा डिएन कलेक्सन र होटेल टाउन हलमा भर्ने व्यवस्था आयोजकले गरेको थियोे । भोलि रामधुनिको झुम्का बजारमा रहेका मेजुवान रेस्टुरेन्टमा पहिलो अडिसन हुनेभएको छ । अडिसनका लागि स्थानिय निर्णाकमा सीता चौधरी र कुलदिप चौधरी , गाईघाटमा महेन्द्र प्रसाद चौधरी , नेता चौकमा सुर्य ना चौधरी र गवन सिंह चौधरी , बिर्तामोडमा दिवाकर लाल चौधरी , विराटनगरमा महिला युवा अ्भियन्ता शुचि चौधरी रहेका छन।
अडिसनकाे लागि नीर नायकमा थारु पहिलो नायक तथा चलचित्र विकास बोर्डका सदस्य प्रशुराम चौधरी , गायक तथा संगीतकार प्रवालदिप विस्वास , मिस पुर्वेली तथा मिस टिनका कोरियोग्राफर सपना राज वशी , थारु मोडेल बिएन चौधरी रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक प्रवल्दिप विस्वासले स्वागत मन्तव्य राखेका थिए । विभिन्न संचार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
