Home
News
Photos
Videos
गायक तथा संगीतकार रमित लामाको स्वरमा सजिएको मुसुक्क हास्ने गोरीमा गोरिको भिडियो सार्वजनिक
गायक तथा संगीतकार रमित लामाको स्वरमा सजिएको मुसुक्क हास्ने गोरीमा गोरिको भिडियो सार्वजनिक
Friday, 31 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}आर एन चौधरी थारु ,,
मलेसिया :=चर्चित गायक तथा सङ्गितकार,कलाकार रमित लामाको स्वरमा सजिएको चाडैं सार्वजनिक हुने तयारीमा रहेको दोस्रो गीति एल्बम (voice of selo) भोइस अफ सेलोमा समाबेश गरिएको " मुसुक्क हास्ने गोरिमा गोरि " बोलको पप सेलो गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
बिगत ५ बर्ष देखी गायन तथा संगीत क्षेत्रमा लागेर कडा संघर्ष गरिरहेका लामा पहिला पनि "नमस्ते"नामक एल्बम निकालेर व्यापक चर्चा कमाइसकेको छ।
काभ्रे जिल्ला डाडापारी निवासी ,गायक तथा सङ्गितकार रमित लामा , तामाङ सेलोपप गित बाट गायन क्षेत्रको सुरुवात गरेको हो।गायनको सुरुवात नेपाल् देखिनै गरेपनि लामा रोजगारी संग संगै यस् क्षेत्रलाई हाल मलेसियामा बसेर निरंतरता दिदै आइ रहनु भएको हो।
गायन क्षेत्रमा लाग्नको लागी कसले प्रेरित गरेको ,साथ र सहयोग गरेको ? भन्ने प्रश्नमा गायक रमित लामाको भनाइ अनुसार यस् क्षेत्र बारे मेरो घर-परिवारलाई खासै जानकारी नरहेकोले ,ज्ञान नभएकोले पूरा साथ पाइन तर मेरो साथीभाइहरुको पूरा साथ र हौसलाले यति सम्म गर्न र अगाडि बढ्न पाएको बताउनु भयो। विभिन्न अवार्ड र सम्मान पाई सकेका गायक लामा प्रायःजसो मलेसियामा आयोजना हुने गरेका सान्स्कृतिक प्रोग्रामहरुमा आफ्नो मधुर कला पस्किन सहभागीता जनाउदै आइरहेको छ।
खेम मोक्तानले निर्देशन गरेको भिडियोमा कारण वाइबाको शब्द र बिकास काल्तानको संगीत रहेको छ।साथै रोशन फ्युबाले छायांकन तथा सम्पादक गरेको यस् म्युजिक भिडियोमा खेम संगै सोनी योञ्जनले मनमोहक अभिनय गरेको छ।
तलको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस :=