राष्ट्रिय पुस्तकालय दिवस भब्यताको साथ मनाइयो

Friday, 31 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
सुशील डेमनदौरा थारु ,,
बर्दिया:=कालिका समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, स्याउलीबजारको आयोजनामा बढैयाताल ८, स्याउलीबजारमा २०७५ भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।
सामाजिक विकासमा सामुदायिक पुस्तकालयको महत्व र आवश्यकता विषयक माध्यामिक विद्यालय स्तरीय खुल्ला निबनध प्रतियोगिता आयोजना गरिएको थियो । पुस्तकालयका अध्यक्ष दिल्लीप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न समारोहमा बढैया गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ थिए भने विशिष्ट अतिथि ५ नं प्रदेश प्रदेश सभा सदस्य माननीय भुवनेश्वर चौधरी थिए । प्रमुख अतिथि श्रेष्ठले कालिका सामुदायिक पुस्तकालय बढैयातालको मुख्य पुस्तकालय र सूचना केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे । यसका साथै उनले पुस्तकालय प्रविधियुक्त आधुनिक हुनुपर्ने बताए ।

विशिष्ट अतिथि माननीय चौधरीले आफूले प्रदेशसभामा पुस्तकालय विकासका लागि आवाज उठाएको आगामि दिनमा सक्दो सहयोग गर्ने बताए । विकास अभियन्ता दयाराम खड्काले पुस्तकालयको दिगो विकासको सवाल महत्वपूर्ण रहेकोले त्यसका लागि स्पष्ट योजना आवश्यक रहेको बताए । मानिस जीवनभर विद्यार्थी हुने भएकोले पुस्तक र पुस्तकालय सधैं चाहिने बताए । समाजसेवी विश्वराज सुवेदीले पुस्तकालय ज्ञानको भण्डार भएकोले भण्डारबाट आवश्यक बस्तु लिन पाठकहरु तत्पर हुनुपर्ने बताए । प्याब्यन, बर्दियाका अध्यक्ष तेजनाथ पौडेलले पुस्तकालयका पुस्तकहरुको सद्उपयोग गर्नसक्दा सामाजिक विकासमा टेवा पुग्ने बताए । वडाध्यक्ष इन्त्रप्रसाद लुइटेलले पुस्तकालयको विकासमा सदा क्रियाशील रहने बताए । पुस्तकालयका कार्यसमिति सदस्य थानकुमारी तिवारीले स्वागत गरेकी थिइन् ।

पुस्तकालयका कार्यसमिति सदस्य एवंम् निबन्ध प्रतियोगिताको निर्णायक समितिका संयोजक सुशील चौधरीले पुस्तकालयको प्रचार प्रसार र महत्व बुझाउन दिवसको सन्दर्भमा निबनध प्रतियोगिता आयोजना गरिएको बताए । साथै चौधरीले निर्णायक समितिका सदस्यहरु मणि शर्मा र प्रभात सुवेदी सहितको तीन सदस्यीय समितिको निर्णय घोषणा गरेका थिए ।

१७ जना छात्र छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा श्री भवगती संस्कृत तथा साधारण माध्यामिक विदालय, तिल्कानाकी छात्रा कविता यादव, प्रथम, श्री शारदा मा.वि. मैनापोखरका छात्र विजय श्रेष्ठ, द्वतीय र शुभकामना एकेडमीकी स्वर्णिमा गुरुङ्ग तृतीय भएका थिए । श्री जय कालिका मा.वि, मुनालबस्तीकी श्र्रेया पौडेल, श्री विद्याज्योतिम ा.वि., कण्ठपुरका चाँद मोहमद खाँ, बर्दिया एकेडमीकी रक्षा थपलिया र श्री दीपज्योतिम ा.वि डाँफेका प्रकाश खनालले सान्त्वना पुरस्कार पाएका थिए । प्रथम्, द्वतीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २ हजार, १५ सय, १ हजार र २।२ सय नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu