नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रदेश १ स्तरीय प्रतियोगीताको अडिसन खुल्ला/आवेदन फारम भर्न अनुरोध

Friday, 17 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मोरङ := थारु कला केन्द्रको अयोजनामा हुनलागेको प्रदेश १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ को अडिसन बिभिन्न स्थानमा हुनलागेको छ । थारु युवा युवक्तिहरुको क्षमता अभिबृद्धि गराउदै समाज प्रतिको उक्तरदायीत्व निर्वाहकालागी सञ्चालन गर्न लागेको प्रतियोगीतामा सहभागी गराउन अडिसन भदौ ५ गतेबाट हुन गईरहेको छ ।

प्रतियोगीतमा सहभागीकालागी आवेदन फर्मकालागी आब्हावान गर्दै आयोजकले बितरण गर्न सुरु गरेको छ । आवेदन पत्रकालागी सुनसरी रामधुनीको झुम्का स्थित मेजवान रेष्टुरेन्ट र रेडियो रामधुनीमा उपलब्ध रहेको कला केन्द्रका सचिव लिलानाथ गच्छदारले जानकारी दिए ।
त्यसैगरी ईटहरीमा सप्तकोशि एफ एम र मेडिया कन्सेप्टमा पाउने छन् । दुहबीमा कोचिला एफ.एम.,बिर्तामोडमा निदि ग्रुप हनुमान सेन्टर,गाईघाट उदयपुरमा डि एन कलेक्शन र होटेल टाउन हलमा उपलब्ध रहेको छ । त्यसतै बिराटनगरमा मोबाईल ओर्क सोप ट्राफिक चोक,ड्याजल डान्स म्युजिक एण्ड फिट्नेस सनिमनिदर रोड,नेता चोक मोरंग आर एन मोबाईल सेन्टरमा फर्म भरेर प्रतियोगीतमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

आवेदन भर्नकालागी भदौ ४ गते सम्ममा भर्नु पर्ने छ ।
फर्म अनलाईनबाट पनि भर्न सकिने ब्यवस्थापन गरेको छ । www.tharukalakendra.comबाट फर्म उपलब्ध भएकोले त्याबाट भर्न सकिने छन् । फर्म भरेका प्रतियोगीहरुले अडिसनकालागी भदौ ५ गते झुम्कामा आउनु पर्ने हुन्छ । मेजवान रेष्टुरेनट एण्ड बारमा हुने जनाएको छ । त्यसैगरी भदौ ६ गते गाईघाटको होटेल टाउनमा हुने छन् । नेता चोकको नव दुर्गा मन्दिरमा भदौ ७ गते हुने छन् भने बिर्तामोडमा निदि ग्रुपमा हुने जनाएको छ । र भदौ ९ गते बिराटनगरको ड्याजल डान्स म्युजिकमा हुने आयोजकले जानकारी दिएको छ ।

सहभागीकालागी कम्तिमा एस.एल.सि वा एसईई पास भएको हुनु पर्ने छ । अबिवाहित पुरुष वा महिलाको प्रदेश १ को नागरीक्ता हुनु पर्ने छ । उमेर हदकालागी १६ बर्ष देखि माथि २५ बर्ष ननाघेको हुनु पर्ने छ । उचाईमा महिलाको ४ फिट ७ ईन्च र पुरुषको ५ फिट २ ईन्च भएकाहरुले सहभागी हुन पाउने जनाएको छ । शरिरमा कुनै किसिमको ट्याटु छन भने मान्यता नदिने आयोजकले नियममा उल्लेख गरेको छ । आवेदन भर्नकालागी योग्यता र नागरीक्ताको फोटोकपि,फोटो लगायत सिभि पेश गर्नु पर्ने छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu