थाकस सभा गाउँ कार्यसमिती बकलौरिको ८औ अधिवेशन समपन्न।

Saturday, 1 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कुलदिप चौधरी,,
सुनसरी:=रामधुनी नगर पालिकाको बकलौरिमा थारु कल्याणकारीणि सभा गाउँ कार्य समितीले शुक्रवार  भबियताको साथ ८ औं अधिवेशन सम्पन्न गरेको छ ।  थाकसको जिल्ला अधिवेशन नजदिकै जादा धमाधम नगर र गाउँ कार्य समितिको अधिवेशनलाई मुर्तरुप दिदै  अधिवेशन सम्पन्न गरेको हो।

यश अधिवेशनबाट  नयाँ कार्य समितिमा ११ जना रहने गरि चयन हरेक छन,  क्रमशः अध्यक्ष पुरन चौधरी , उपाध्यक्ष राम कुमार चौधरी ,सचीवमा जनक चौधरी , स. सचीवमा सरिता चौधरी र कोषा अध्यक्षमा पारवती चौधरी रहेका छन भने सदस्यहरुमा दिपा , फुल कुमारी,रिना, पारवती , असरी र दिप माला चौधरी रहेका  छन। यसैगरी जि प्रतिनिधि तर्फ जानकी र बिजय चौधरी रहेका छन भने परिवेक्षकमा सीता चौधरी र जेनिलाल चौधरी रहेका छन। बिजय चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चौधरीले संस्थाको प्रगति प्रतिवेदन पढेर  सुनाएका थिए । थाकसको जि.उपाध्यक्ष प्रशुराम चौधरीको प्रमुख अथितित्य्मा सम्पन्न भएको कार्यक्रममा सचीव मनोज चौधरी , केन्द्र पारसद केशी लाल चौधरी , स. सचीव सुरेन्द्र चौधरी र थारु महिला सभाकी नगर अध्यक्ष सीता चौधरी लगायतले नयाँ कार्य समितिलाइ कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रम विभिन्न राजनीति प्रेमी , समाज सेवि , सरोकार बालाहरुको उपस्थिती रहनुको साथै  रामधुनी वडा न. ७ का सदस्य काशी लाल चौधरी र ६ का महिला सदस्य लक्षमि चौधरीको पनि उपस्थिती रहेको थियो ।भबिय र सभिय तरिकाले सम्पन्न भएको कार्यक्रम थाकसका प्रतिनिधि जानकि चौधरीले जानकारी दिएका छन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu