सुनिल चौधरी,,
झुम्का:= रामधुनी वडा नं. ३ को आयोजनामा सनिवार भएको निःशुल्क आखाँ जाच शिविरबाट १ सय ५८ जनाले सेवा लिएका छन् । एकिकृत कल्याण फाउन्डेशन नेपाल तथा नेपाल नेत्र ज्योति संघ ईटहरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा आँखा जाँचबाट २५ जना मोतियाबिन्दु बिरामी फेला परेको कल्याण फाउन्डेशनका अध्यक्ष श्याम घिमिरेले बताए ।
मोतियाबिन्दु भएका ४ जनालाई अपरेशन गर्ने भएकोले बिरामिहरुलाई निःशुल्क सेवा दिने घिमिरेले बताए । शिविरमा रामधुनिका मेयर जयप्रकास चौधरी,उपमेयर सबिना चौधरीको उपस्थिती रहेको थियो ।
जेष्ठनागरीक र आर्थिक अवस्था कमजोर परिवारका बिरामिलाई सेवाकालागी निःशुल्क शिविर सञ्चलन गरेको वडाअध्यक्ष राजकुमार चौधरीले बताए । शिविरमा वडाअध्यक्ष लगायत वडा सदस्य र स्थानियहरुले जाँच गराएर सेवा लिएको वडासचिव दिलिप चौधरीले जानकारी दिएका हुन् ।