थारु पत्रकार संघ नेपालको सातौं‍ राष्ट्रिय भेला दाङको घोराहीमा हुँदै ।

Saturday, 13 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी
घाेराही(दाङ):=थारु पत्रकार संघ नेपालको साताैँ राष्ट्रिय भेला दाङको घोराहीमा सुरु भएको छ । "थारु समुदायक मुद्दा उठान, थारु पत्रकार संघके अभियान, सक्कुज मिल्ख बचाई हमार पहिचान" भन्‍ने उद्देश्‍यका साथ सुरु भएको हो ।

     कार्यक्रम उद्‌घाटन ढिला सुरु हुने भएकाले थारु पत्रकार संघको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा थापसका केन्द्रीय महासचिव किशोर चौधरीले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । प्रतिवेदनमा थारु पत्रका संघले वर्षमा भरिमा आयोजना गरिएका कार्यक्रम प्रगति विवरण र जिल्लाको सांगठनिक कार्यप्रगति विवरण पेश गरेका छन् । बन्दसत्रपछि थारु पत्रकार संघ नेपालको सातौ राष्ट्रिय भेलाको उद्‌घाटन प्रदेश नम्बर-५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै कार्यक्रममा थारु मातृभाषाको राष्ट्रिय सम्‍मेलन समेत आयोजना गरिने थारु पत्रकार संघ दाङ, प्रदेश न.-५ एवं राष्ट्रिय भेलाका संयोजक सन्तोष दहितले जानकारी दिए । यस अघि थारु पत्रकार संघले देशभरमा १७ वटा शाखाहरु गठन गरिसकेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu