एसपी मीरा चौधरीको बारा जिल्लाबाट सरुवा/घटनाको छानबिनमा असफल साबित

Tuesday, 16 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बारा:=पाँच महिनाअघि बारा आएकी एसपी मीरा चौधरीको आइतवार सरुवा भएको छ । कमान्डरहरुलाई तालिम दिईने तालीम केन्द्र कपनमा सरुवा भएको प्रहरी मुख्यालयका एक उच्च प्रहरी अधिकारीले जनाए । उनको कार्यशैली सन्तोष जनक नभएकोले सरुवा गरिएको ती प्रहरी अधिकारीले बताउनु भयो।

सीआइबीबाट जिल्लामा आएकी चौधरीको कार्यशैलीबाट सर्वसाधारण निकै आशावादी थिए । तर उनको पाँच महिने कार्यकालमा जघन्य अपराध नै भयो । बाहिर उनको कार्यशैली निकै कडा भएको भनिए जस्तो यहाँ भने प्रभाव परेन साझेदारी दैनिकले समाचार छापेको छ।
रक्सी खानेलाई, मोटरसाईकल मैकेनिकले हेलमेट नलगाएको जस्ता समान्य घटनामा मुद्दा दर्ता र फरार अपराधी पक्राउ गर्ने बाहेक खासै बारामा आफनो प्रभाव पार्न सकिनन ।

गत मंसिर १५ मा जितपुर सिमरामा एक कृषक दम्पत्तिको हत्या भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बेला एसपी चौधरी आएकी थिइन् । उनी जिल्लाको प्रमुखको कार्यभार सम्हाले पनि अपराधिक घटनामा भने कमी आएन ।
उनी आएको एक महिना नबित्दै जितपुर सिमरा उपमहानगरपालिका–७ का व्यापारी ललन गुप्ताको ९ बर्षीय छोरा अंकित गुप्ताको जेठ २२ मा अपहरण भई साउन ४ मा पर्सा जिल्लाको जगरनाथपुरस्थित गण्डक नहर छेउमा शव बरामद भएको थियो । अपहरणमा संलग्न भएको आरोपमा आरोपित त पक्राउ गर्न सफल भइन् । तर अंकितलाई सकुशल मुक्त गराउन सकिनन् । पीडित परिवार एसपी चौधरीलाई घटनाबारे सबै प्रकारको जानकारी गराए पनि अंकितलाई जोगाउन नसकेको अंकितका बाबु ललन गुप्ताले बताउदै आएका छन् ।
छोराको सकुशल मुक्तको लागि उनले भारतमा पुगेर दुई पटकमा १ करोड ६ लाख रुपैया“ बुझाएका थिए । रुपैया“ बुझाएको विषय पनि पीडितले प्ररीलाई जानकारी गराएका थिए । यसैगरी यो घटनाको केही महिनापछि कलैया उपमहानगरपालिकाको बलिरामपुरकी सियापति देवीको घाटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न भने सोमवार मात्र पक्राउ परेका छन् ।

महिला प्रहरी प्रमुख भएर आउदा ठुलै हल्ली खल्ली थियो तर महिला माथि नै हुने बलत्कार, घरेलु हिंसा, अपहरण, मरिच तस्करी जस्ता श्रृखलावद्ध रुपले कयौ घटनाहरु सार्वजनिक भएको छ ।
पिङका मिश्राको आफनै बुवा आमा , काका सवै मिलि निर्ममता पुर्वक मारेर रातारात मारेर शवलाई प्रहरीको नजरको सामुन्नेबाट लिएर गए तर प्रहरीले के िह गर्न नसक्नु आफैमा शंकाको विषय बन्न पुगेको छ । करिव ४ महिना पछि मुद्धा दायर गरे पनि आपराधिलाई समात्न सकेका छैन । यस मुद्धामा सम्बन्ति व्यत्तिले ठुलै नाजराना बुझेको पनि हला उत्तिकै रहेको छ ।
यसैगरी यो दुई वटा गम्भीर प्रकृतिका घटनालगत्तै असोज २४ मा सिम्रौनगढ नगरपालिका–३ नयका टोलका धनेश्वर राय यादवका ६ बर्षीय छोरा दिपकको अपहरण पछि हत्या भएको छ । अपहरण भएको चार दिनपछि असोज २८ गते राती दिपकको शव फेला परेको हो । यो घटनामा पनि बालकलाई जोगाउन उनी चुकिइन् । खुल्ला सिमानामा मौलाएको मरिच तस्करी पनि रोकिएन । उनको पाँच महिने कार्यकालमा एक सय ५० जना फरार अपराधी भने पक्राउ परेका छन् । समग्रमा उनको पुरै कार्यकाल चुनौतीपुर्ण रह्यो ।

बाराम नयाँ एसपी सानुराम भट्टराइलाई चुनौति
जिल्लामा फेरि सीआइबीबाट नया“ एसपी सानुराम भट्टराई आउने भएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिल्लामा अपराधिक घटनामा वृद्धि भएको र त्यसको अनुसन्धान फितलो हुदै आएकोले नयाँ ढंगले काम गर्न नयाँ प्रहरी उपरिक्षक पठाइएको छ । पछिल्ला दिनमा शान्ति सुरक्षा खस्किदै गएको र प्रहरी प्रति सर्वसधारणको विश्वास गुमेकोले आफुलाई स्थापीत गर्न समस्या हुने देखिन्छ । त्यस्तै विगत ५ महिनामा जघन्य अपराधका घटनामा बृद्धि भएकोले अनुसन्धान गर्न भट्टराईको कार्यकालले चुनौतीको बेहोर्नुपर्ने देखिन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu