सुनिल चौधरी,,
झुम्का:=झुम्का स्थित सुक्रवार भएको रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लव अफरामधुनी,रामधुनि सिटि र लियो क्लव अफ रामधुनीको अयोजनामा रक्तदान कार्यक्रमको अयोजना गरेको लायन्स क्लवका अध्यक्ष दुर्गा फुयालले बताए ।
रगत अभावले बिरामिलाई समस्या नहोस भन्दै रक्तदान कार्यक्रमको आयोजना गरेको कोषाध्यक्ष पुष्प दाहालले बताए । धरान रेडक्रसको प्राबिधिक सहयोगमा रक्तदान भएको हो । रक्तदानकार्यक्रमको उद्धघाटनमा रामधुनि सिटिका अध्यक्ष डेगराज फुयाल, लियो क्लव अफ रामधुनीका अध्यक्ष जगत कामेत तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
समाजिक कार्यमा सबैलाई जुटाउन र अरुलाईपनि अग्रसर गर्न बिशेष उधेश्यले रामधुनि सिटि गठन गरेको फुयालले बताए । फुयाल रामधुनी वडा नं. ५ का वडाअध्यक्ष पनि हुन् । रक्तदान गर्नु अरुको जिवनदान गर्नु रहेकोले यो पुण्य कार्यमा सहभागी भएकालाई चाँडपर्वको अवसरमा फुयालले शुभकामना समेत ब्यक्त गरेका छन् ।