कोरियामा थारु कल्याणकारीणी सभाले राष्ट्रिय तेक्वान्दो खेलाडीलाई सम्मान गर्यो

Monday, 15 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बिद्यानन्द चौधरी ,,
कोरिया :=थारु कल्याण कारिणी सभा (थाकस) दक्षिण कोरियाले नेपालको रास्ट्रिय तेक्वान्दाे खेलाडिहरुलाइ सउलमा एक कार्यक्रम अायोजना गरि सम्मान गरेको छ।

विश्व तेक्वान्दाे महासंघले कोरियाको मुजुमा सेप्टेम्बर २८ देखि अोक्टुबर १२ सम्म आयोजना गरेको प्रशिक्षक प्रशिक्षण (master training ) मा सहभागिहरुलाइ उक्त सम्मान गरेको थाकस कोरियाका  अध्यक्ष शिब चाैधरीले बताए।

नेपाल लगायत बंगलादेश, भारत, पाकिस्तान, श्रिलंका, मंगोल, सुडान, मेक्सिको, अमेरिका, थाइल्यान्ड, ईथोपिया र चीन गरि १२ देशका ८० जना खेलाडि सहभागी थिए । नेपालबाट सहभागी १३ जना खेलाडिहरुलाइ सम्मान गरिएको अध्यक्ष चाैधरीले बताए। सम्मानित हुनेमा नेपालबाट सहभागि चितवन जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष रोशन खान र खेलाडिहरु गोपाल श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, धन बहादुर राई, जयदेब पाैडेल, ईन्द्रराज चाैधरी, कृष्ण चाैधरी, धनमाया सिजाली, दीपेन्द्र नेपाली र मोहमद उमर खान लाई थाकस कोरियाले सम्मान गरेको हो।
सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा एनअारएनएका निबर्तमान अध्यक्ष राजु क्षेत्रीले तेक्वान्दोको अन्तरराष्ट्रिय नियम बेलाबखत हेरफेर भै रहने हुनाले नेपालले पनि प्रशिक्षक प्रशिक्षणमा सहभागी भै रहनु पर्ने बताए । उनी इन्टरनेशनल तेक्वान्दो रेफ्रि (निरनायक) तथा कोरिया खुल्ला तेक्वान्दो प्रतियोगिता २००८ का स्वर्ण पदक बिजेता हुन।

सहभागि चितवन जिल्ला तेक्वान्दाे महासंघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली टाेलीलार्इ नेतृत्व गरेका रोशन खान ले प्रशिक्षकहरुले अन्तरराष्ट्रिय स्तरको प्रशिक्षन पाए मात्रै अन्तरात्ष्टिय खेलाडि जन्माउनु सक्ने बताए। उनले भने ‘अहिलेकाे प्रशिक्षणले धेरै सिकाएको छ। मैले र हाम्रो टिमले यहिकुरा नेपालमा सिकाए अन्तरराष्ट्रिय स्तरका तेक्वान्दो खेलाडि जन्माउन सकिन्छ।’

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu