सहकर्मी ,,
राम अवतार चाैधरी ,,
दाङ:= थारु पत्रकार संघकाे सातौं साधारणसभा तथा राष्ट्रिय भेला सम्पन्न भए लगतै ८ बुदे घोराही घोषणापत्र सार्वजनिक गरेको छ।
तपसिल निम्न बमोजिमका ८ बुँदे घोषणा पत्र यस प्रकार छन् ;
१. नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल गर्ने ।
२. दाङको घोराही उपमहानगरपालिका, बर्दियाको बाँसगढी र बारबर्दिया नगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेकोले धन्यवाद दिँदै थरुहटका थप अन्य स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन अभियान चलाउने ।
३. थारु भाषा तथा संस्कृति संरक्षण तथा विकासमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने साथै थारुहरुको महान् पर्व माघीलाई संघीय, प्रदेश र स्थानीय सरकारसंग राष्ट्रिय उत्सवका रुपमा मनाउन माग गर्ने ।
४. शाखा तहबाट मातृभाषा थारु भाषामा व्यवसायिकरुपमा पत्रपत्रिका तथा मुखपत्र प्रकाशन र विद्युतीय माध्यममा समाचार र कार्यक्रम उत्पादन तथा प्रसारण गर्न प्रोत्साहित गर्न हालसम्म १७ वटा जिल्ला शाखा रहेकोमा थरुहटका सबै जिल्लामा शाखा विस्तार गर्ने ।
५. स्थानीय सरकारसँग समन्वय गरी थारुलगायत जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम, गोष्ठीलाई निरन्तरता दिने ।
६. प्रदेशहरुकको नामाकरण र राजधानीको नाम राख्दा थारु पहिचान स्थापित हुनेगरी नामाकरण र भूगोल चयन गर्न माग गर्ने ।
७. थरुहट आन्दोलनको क्रममा टीकापुर लगायत घटनामा गिरफतार भएका प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलगायतका बन्दीलाई यथासिघ्र रिहाई तथा फूलबारी एफएम सञ्चालनका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने ।
८. थारु पत्रकार संघ, नेपालको सातौं साधारणसभा आयोजनाको सफल व्यवस्थापन गर्ने संघको दाङ शाखालाई धन्यवाद दिनुका साथै आठौं साधरणसभा तथा चौथो अधिवेशन २०७६ मंसिर मसान्तभित्र चितवनमा आयोजना गर्ने ।