नेपाली राजदूतावास मलेसियाले आयोजना गरेको शोक सभा,अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 14 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
मलेसिया := नेपाली राजदुतावास मलेसियाले आयोजना गरेको शोकसभा तथा सचेतनात्मक अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।
दूतावास मलेसियाको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन दूतावास मलेसियाको द्धितिय सचीव बिनोद मुखियाले गर्नु भएको थियो।
कार्यक्रमको उद्घाटन कार्यबाहक राजदुत कुमार राज खरेलले बिषाक्त मदिराको सेवन बाट मृत्यु भएका १३ जना नेपालीहरु क्रमशःसर्लाही जिल्ला निवासी स्वर्गीय आइते सिंह गोले,शेर बहादुर ठकुरी , बारा रघुनाथपुर ,६ को रामबहादुर बैठा,इलामको विमल कार्की ,बल बहादुर कुलुङ राई ,खोटाङको चम्पावती राई , नवलपरासीको दुर्गा सिं राना , रुपन्देहीको रामचन्द्र लोध , रामकुमार यादव , सुनसरीको संजय उराँव , धादिङको मिम बहादुर घले , डडेल्धुराको विशाल बुढाथोकी , महोत्तरीको सुकुलाल घिसिङ, लगायतको मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै दूतावासले नेपाली श्रमिकहरुको निम्ति गर्न सक्ने सहयोग र कामकुरा बारे प्रष्ट पार्नु भएको थियो।



त्यसैगरी शोकसभामा उपस्थित टेलिभिजनकर्मी ,पत्रकार सुशील ढुंगानाले मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरु मदिराको मामिलामा सचेत रहनु पर्ने र यदि कामदारहरु माथी कुनै किसिमको समस्याहरु आइपरे सम्बन्धित निकायको मदत लिनु पर्ने र सक्दो नेपालीहरुले सुरक्षीत वैदेशिक रोजगारको गन्तव्यमा हिड्नु पर्ने धारणा राख्नु भयो।यता काङ्ग्रेस जनसम्पर्क समिती मलेसियाको महामन्त्री तथा नेपाल् ट्रेड युनियन काङ्ग्रेस मलेसियाको संयोजक योगेन्द्र कोइरालाले दूतावास मलेसियाको ध्यानाकर्षण गराउदै कसैलाई काखा कसैलाई पाखा गर्न नहुने सबै नेपाली श्रमिकहरुलाई सम्मान ब्यवहार गर्नु पर्ने धारणा राख्नु भयो ।उहाँको भनाइ अनुसार एक जना नेपालीले अर्को नेपालीको छनिक आर्थिक कारोबार मिलाउन ढिला भए बापत दुई बर्ष जेल बस्नु पर्ने र २६ जना नेपालीलाई घरबार बिहिन बनाइ ,पैसा खाएर मलेसियामै अलपत्र पार्ने ब्यक्ती खुल्लेयाम फेसबुक लाइभमा आएर दूतावास लगायत ती ब्यक्तीबाट पीडितहरुको पक्षमा बकालत गर्दा ,न्यायको पक्षमा बोल्ने ब्यक्ती लगायतको लाई समेत सिधा चुनौती दिने,धम्की दिने लगायतको लज्जास्पद कार्य खुल्लेयाम गर्ने गर्छ,त्यस्तोलाई केही सजाय हुँदैन? यो कहाँको इन्साफ हो महामहिम ज्यु ? दूतावास माथी प्रश्न तेर्स्याउनु भएको थियो ।
अन्त्यमा कार्यवाहक राजदुत खरेलले सबै प्रश्नहरुको उतर क्रमशःदिनु भएको थियो।

कार्यक्रममा उपस्थित दूतावास मलेसियाको प्रतिनिधि,कर्मचारीहरु,विभिन्न संघसंस्थाको प्रतिनिधि,पत्रकार,समाजिक अगुवाहरु,विभिन्न पार्टीको भातृ संगठनको मलेसिया प्रतिनिधिहरु लगायतकोले आ-आफ्नो मन्तव्य राख्दै मृतक १३ जना नेपालीहरु प्रती शोक बक्तब्य ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्नु भएको थियो।





Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu