आर एन चौधरी थारु,,
मलेसिया := हाम्रो धर्म भाषा संस्कृतिको जगेर्ना गरौं ,संसार भरिको तामाङहरु एक होउ ,,भन्ने मुल नाराको साथ स्थापना गरिएको तामाङ समाज मलेसिया क्षेत्रीय समिति पेनाङको आयोजनामा सर्वजगत प्राणीको उद्धार र मृत आत्माको शान्तिको लागी मोन्लम तथा प्रवचन कार्यक्रम २०१८ हुने भएको छ।
यहीँ अक्टोबर २१ तारिख आइतबारको दिन (samye drodul ling monastery गुम्बा 1a jalan rajawali bayan lepas penang) पुलाउ पेनाङमा कार्यक्रम आयोजना हुन लागेको र आवश्यक सम्पुर्ण तयारी समेत पूरा भैइसकेको तामाङ समाज मलेसिया पेनाङको सदस्य बुद्ध लामाले बताउनु भयो।
उहाँको भनाइ अनुसार सो कार्यक्रममा प्रवचन र उद्घाटन लोपेन उर्गेन दोर्जे लामा मार्फत गरिनेछ्।
सो प्रवचन कार्यक्रममा उपस्थित हुनको लागी पेनाङमा बस्नु हुने सम्पुर्ण नेपालीहरुलाई हार्दिक आहवान समेत गरेको छ।