कुम्याहिमा जारी फुटबल प्रतियोगीतामा आईतवारको खेलमा सुक्चर मोरंगको जित

Monday, 29 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
झुम्का:= जनचेतना युवा क्लव रामधुनी २ कुम्याहिको आयोजनामा भईरहेको ११ औ खुल्ला नकाउट फुटवल प्रतियोगीतामा एनवाईसि सुक्चर मोरंग जित हातपारेको छ । आईतवार भएको खेलमा भिगोरस नेपाल ईनरुवालाई सुक्चर मोरंगले ०–२ गोल अन्तरले पराजित गरेको हो ।

सुक्चर मोरंगले जित निकाल्दै समुह बि तर्फको सेमि फाईनलमा स्थान बनाएको छ । त्यसैगरी समुह ए तर्फ सनिवारको खेलमा पचाम मोरंग सेमि फाईनलमा स्थान पक्का गरेको छ । पेनाल्टि सुट आउटमा युवा मिलन क्लव तरहरालाई हराउदै पचाम मोरंग सेमि फाईनलमा गएको हो ।

प्रतियोगीतामा जम्मा ८ समुह सहभागी रहेको छ । सोमवारको खेल पन्चायन फुटबल क्लव रामधुनी ७ बिरुद्ध रामधुनी युवा क्लव झुम्का बिच हुने आयोजकले जनाएको छ । फाईनल खेल भने कार्तिक १७ गते सनिवार हुने छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu