नविन चौधरी,,
रामधुनी := जनभावना बचत तथा ऋण सहकारी संस्था लि. को आज १० औं वार्षिक साधारण सभा सभा आइतबार सम्पन्न भएको छ ।
२६ जना शेयर सदस्यबाट स्थापना भई संचालित सहकारी संस्था हाल आएर करिव ६०० को संख्यामा वृद्धि भइ सफल तथा सन्तोषजनक ढंगबाट प्रगतिको पथमा अगाडि बढिरहेको छ ।
सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७४÷२०७५ को आर्थिक प्रतिवेदन प्रस्तुती तथा संथापक शेयर सदस्यहरु तथा उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ नागरिक एवं यस इ. इ. मा उत्कृष्ट छात्र छात्रालाई सम्मान गरेका थिए । आर्थिक प्रतिवेदन अनुसार गत वर्षको शेयर पुजी रु ९२ लाख, ४२ हजार, १०० रहेको मा यस वर्ष वृद्धि भई रु १ करोड, ४ लाख, ७९ हजार रहेको छ । शेयर लगानी तर्फ रु ७९ हजार ६ सय बाट वृद्धि भई १ लाख २७ हजार ७ सय भएको छ । बचत तर्फ गत वर्ष गत वर्ष २ करोड, ७८ लाख, ९६ हजार रहेकोमा यस वर्ष वृद्धि भई ३ करोडा ५३ लाख ४८ हजार रहेको छ । शेयर सदस्यहरुलाई ऋण लगानी तर्फ गत वर्ष ३ करोड ३३ लाख, ५१ हजार मा वृद्धिभई ४ करोड ५३ लाख, ३९ हजार रहेको छ । त्यसैगरि असुली तर्फ गत वर्ष रु २ करोड ९९ लाख, यस वर्ष रु ३ करोड ९२ लाख रहेको छ । लरर गत वर्ष १ करोड ९१ लाख रहेकोमा यस वर्ष २ करोड ५२ लाख रहेको छ ।
संस्थाले संस्थाको विकासका लागि विभिन्न तालिम तथा गोष्ठीहरुपनि वेलावेलामा संचालन गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । सम्मान तर्फ उत्कृष्ट बचत कर्तामा रामधुनी १ का भगवान शाह, रामधुनी ५ की धनकुमारी श्रेष्ठ , उत्कृष्ट ऋणी अन्तर्गत रामधुनी २ की सिता श्रेष्ठ, रामधुनी ३ का प्रमोहन सिंह, उत्कृष्ट अंक सहित एस ई ई उतिर्ण रामभरोसी रौनियारकी छोरी आरती रौनियार, ममता बस्नेतका छोरा निशान बस्नेत र जमुना दासका छोरा विरेन्द्र दास रहेका थिए । त्यसतै जेष्ठ नागरिकमा खड्ग ब. रौनियार, मनमाया श्रेष्ठ, डिल्ली ब. श्रेष्ठ, मैया श्रेष्ठ, पुर्ण बहादुर, टंक ब. डोल ब., तुलसी मायाश्रेष्ठ, नन्द कुमारी भण्डारी र डिल्लि प्रसाद नेउपाने रहनुभएको थियो ।
जनभावना बचत तथा ऋण सहकारीका अध्यक्ष श्री श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष एवं धरान उ म नपा १५का वडाध्यक्ष नरेश ईवारङ रहनुभएको थियो । विशेष अतिथि सहकारी नगर प्रमुख अभिनारायण भटराई, अतिथिहरुमा विभिन्न रामधुनी नगर सहकारी समन्वय समिति संयोजक गुणराज काफ्ले, विभिन्न सहकारीका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु लगायत शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा शेयर सदस्य तथा उत्कृष्ट सदस्य लगायत अतिथिहरुलाई क्रमशः अध्यक्षश्याम श्रेष्ठ, प्रमुख अतिथि नरेश ईवारङ, विशेष अतिथि अभिनारायण भटराई, उपाध्यक्ष केदार श्रेष्ठ, ऋण संयोजक सन्जय रौनियार, शिक्षा संयोजक नारायण श्रेष्ठले सम्मान तथा मायाकोचिनो प्रदान गरेको थियो । सभामा कार्यक्रम संचालन संस्थापक सदस्य तथा शिक्षा उपसमिति संयोजक नारायण प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
