थारु कल्याणकारिनी सभा – अबको बाटो ?

Tuesday, 20 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम सागर चौधरी, 
इटहरी-१२,घोघामार्ग,खनार, सुनसरी।
(यस भन्दा अगाडी थाकसको बिगत र थाकसले बिर्सेको बाटो अध्ययन र मनन गर्नु भएकै होला यसकै क्रमागत यो लेख हो)
नेपालमा धेरै राजनीतिक, समाजिक परिवर्तनहरु भए र यसको प्रबाव थारु समाजमा पर्नु स्वभाविक हो। राजनीतिक परिवर्तन एक क्षणमा एउटा निर्णयबाट हुन्छ तर राजनीतिले कल्पना गरेको समाजिक परिवर्तन हुन बर्षौं लागन सक्छ वा नहुन पनि सक्छ। समाजमा परिवर्तन ल्याउन समाजिक संरचना, रितिथीति, परंपरा, मुल्य मान्यताहरु र नेतृत्वले खेलेको भुमिका, निर्वाह गरेका दायीत्व, गरेका ब्यबहारले नै मदत गर्छ। चेतनसिल समाजमा शिक्षित, स्रोत परिचालन, शासन सतामा पहुच भएका कारणले परिवर्तनलाई चाडै बुझने र त्यस अनुरुप चलने क्षमता रहनन्छ। तेसैले चेतनसिल समाज जहिले पनि अगाडी रहन्छ।
थारु समाजको जीवन पध्दति पुरातन र आफनै रितिथीतिमा रमाउने गरेको पाईन्छ। चेतनाको मुल भनेको शिक्षा र जानकारीको पहुच हो । जानकारी बिना अंधकार हुन्छ। थारु समाजमा संचेतनाका कार्यक्रमहरु कमि नै देखिन्छ। शिक्षा र जानकारी बिहिन थारु समाज अनुभवसिल र अनुकरणसिल अवस्थामा छ। थारु समाजले अनुभवबाट केहि सिकेका हुन्छन र अनुकरण गर्ने कोसिस गर्दा शिक्षित र चलाक समाजले अर्को फडको पार गरिसकेको हुन्छ र थारु समाज फेरी पछि परेको अनुभव गर्दछ र यो समाजिक चक्र चलिरहन्छ।
अधिकारको लागि संघर्श :-
थारु कल्याणकारिनी सभाले(थाकस) बिगत देखि हाल सम्म धेरै कामहरु गरेकाछन र समाजलाई जाग्रित गर्ने प्रयासरत छ। नेपालको राजनीतिक परिवर्तन संगै थाकसले पनि समाजिक समस्या र आवश्यकतालाई उजगार गरेर सरकार संग माग गरिरहेको अवस्था छ। नेपाल सरकारले थारुको अधिकार र आवश्यकतालाइ मागको रुपमा मात्र हेरेको देखिन्छ। तेसैले सरकारले पुरा गर्न हिचकिचाई रहेको अवस्था हो । मानव अधिकारबादी संस्थाहरु, राजनीतिक पार्टिहरु र नेपाल सरकार पनि माग कै रुपमा दृष्टिकोण बनाएको देखिन्छ। थारु समाजको प्रतिनिधी संस्था थाकस हो र थाकसको चुनौती भनेको अधिकारको लागि लडाई हो। नेपालको संबिधान, संयुक्त राष्ट्र संघले स्वीकारेका मानव अधिकार, आदीवासीका नैसर्गिक अधिकार लगायत समाजिक सुरक्षा र समानताको अधिकारको बाट बिभेद गरि समता मुलक समाज निर्माण गर्न थारुलाई पन्छाइएको अवस्था छ। थाकसले नेपाल सरकार, राजनीतिक दल, मानव अधिकारबादी संघ संस्था, लगायत अन्तरराष्ट्रिय संघ संस्था संग सहकार्य र छलफल हुन जरुरी देखिन्छ। यसको साथै तराई मधेस र थारुका बिभिन्न संघ संस्थाहरु, जनजातीका संघ संस्थालाइ एकता बध्द गरेर अधिकारका बारेमा गोलबन्द गर्ने काम गर्नु पर्ने देखिन्छ। थाकसको संघर्स भनेको अधिकारको लागि हो र यस बारेमा थारु समाजमा संचेतना बढाई जाग्रित गर्नु पर्ने हुन्छ र अधिकार प्राप्त नहुनजेल संघर्सरत रहनु पर्ने देखिन्छ। 

काठमाणडौ उपत्यकामा थाकस भवन :
बिगतका धेरै बर्ष देखि थाकसको भवन र सेवा केन्द्र बनाउने कुरा नेतृत्व तहका कुरा कागज र बोलिमा मात्र सिमित रहेको पाईन्छ। थाकसले आफनो सेवा केन्द्र, भवन बनाउनु पर्छ भन्ने आम थारु समाजको चाहना छ। थाकसले कहिले पनि नीति र कार्यक्रममा यो कुरा पारित गरेको देखिएन । छलफल र बहसमा मात्र सिमित भएकाले थाकस प्रति अबिश्वासको वातावरण सृजना हुनु अस्वभाविक होईन। थाकस ले भवन बनाएर पुन; बिशवास जितने काम गर्नु पर्ने हुन्छ। भवन बनाउन के कस्तो प्रक्रिया र योजनाहरु छन सार्वजानिक रुपमा बहस र छलफल गरि कामलाई सकारात्मक नतिजामा पुर्याउनु पर्ने हुन्छ। थाकस भवनको आवश्कता, महत्व र उपयोगिता बारेमा जानकारी दिदै जिल्लाका थाकस संग समन्वय र सहकार्य गर्नु पर्ने देखिन्छ। थाकस सबैको हो र सबै जुटनु पर्छ भन्ने भवनाको बिकास गर्नु पर्ने देखिन्छ। थाकस भवन निर्माणका सहयोगी हातहरुलाई जोडदै बढनु पर्ने हुन्छ। नेपाल सरकार र दातृ संघ संस्थाहरु संग अनुदान र सहयोग लिने सक्ने वातावरण बनाउनु पर्ने देखिन्छ। 

समन्वय र सदभाव :
थाकसले मधेसको मुदामा मदेसी संघ संस्था संग मिलेर अधिकारका आनदोलनहरु गरे र मधेसबादी सफल पनि भए तर थारुका मुदामा मधेसबादीहरु सशक्त रुपमा लागेको पाईदैन बरु असहयोगको वातावरण बनेको पाईन्छ। यस बारेमा छलफल र सहकार्य बारे सघन गृहकार्य हुन पर्ने देखिन्छ। एका तिर मधेसमा सदियौं देखि बसेका थारुलाई मधेसीले पाउने अधिकार र सुविधाबाट बंचित गरियो भन्ने अर्को तर्फ पहाडी समुदायले मधेसीको दर्जा भन्दा माथी ठानेको पाईदैनन्। मधेसका पहिलो नागरिक (First Citizen) मुलबासी थारुको आपनो अग्राधिकार कसरी स्थापित हुने बारेमा गहन बहस छलफल गर्नु पर्ने देखिन्छ। सरकार, राजनीतिक दल, नेताहरु, समाजिक अभियन्ताहरु संग गहन छलफल र एकताबध्द गराउने काम कुरामा जोड दिनु पर्ने हुन्छ। थारूले आफनो अधिकारको कुरा उठाउदा अरु समुदायका बारेमा नाकारात्मक कुरा उठान नगरि आपना कुराहरु उठान गरेमा समन्वय र सदभाव कायम गर्ने उपायहरु अवलम्बन गरिनु पर्छ। थारु इतर समुदायले पनि थारुका अधिकार र समाजिक न्यायका बारेमा समर्थन र सहयोग गर्न आवश्यक छ। पहुच र सताको दम्भले केहि काल सम्म दवाउन सकिन्छ तर बिस्फोटको ज्वाला सलकिन्छ भने बुझनु पर्ने हुन्छ। आरोप प्रत्यारोप कम गरि व्दन्द ब्यास्तापनका ज्ञान र सिपको अधिकतम सदुपयो र प्रयोग गरिनु पर्ने हुन्छ।

दिर्धकालिन र अल्पकालिन योजना :
थारु समाजको बिकाशका लागि दिर्घकालिन र अल्पकालिन योजनाहरु बनाउनु पर्दछ। नेपालको जनसंख्याको झनै १० प्रतिसत थारुको जनसंख्या छ र थारुको बिकाश बिना नेपालको बिकास हुदैन भन्ने कुरा सरकार देखि आम नागरिकले थाह पाउनु पर्छ। समाजिक न्यायका लागि कहां बिभेदमा परेछन ? स्रोत र साधनबाट बंचित गरिएको क्षेत्र कुन हो ? कुन ठाउ क्षेत्रमा पहुच छैन ? सरकारमा सहभागिता कहां छुटेको छ ? यी यस्ता कुराहरुको पहिचान गरि योजनाहरु बनाई सरकार र समाज संग सहकार्य र सहयोग जुटाउनु पर्नेछ। थाकसले नेपालको उन्नति र प्रगतिको हितमा काम गरेको छ। थारु जाती संग जोडिएकाले अरुको नजरमा जातिवादी देखिनु स्वबाविक हो तर बुझनु पर्ने कुरा के हो भने सरकारले सबै क्षेत्र समेटन नसकेकाले बिकासमा पछि परेका जातिले बिकासका बाटोमा अग्रसरता हुनु खोजनु र आफनो अधिकार सदुपयोग गर्नु जातिबादी ठहरिदैन बरु रजगज र हालिमुहालि गरेर बसेकाहरुको कुन्ठित धारणालाइ पन्छाएर बिसाल मन लिएर बुझदा सहि परिवर्तन देखिनेछ ।

आर्थिक स्रोत:
बिकासको पुर्वाधार नै आर्थिक स्रोत हो। बिकासका लागि नेपाल सरकारले पनि सरकारी, नीजी र हिसेदारी (public, private, partnership = 3P) को नीति ल्याएकोछ। थाकसले पनि सरकार र अरु संस्थासंग समन्वय, सहयोग र सहकार्य गरी आर्थिक स्रोत जुटाउनु पर्ने देखिन्छ। थाकसले संस्थागत बिकाशको लागि आर्थिक स्रोतका नीति र कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ। नेपाल सरकारले पनि समता मुलक समाज निर्माण गर्न र समाजिक उत्थानका लागि आर्थिक अनुदान दिने र दातृ संस्थाहरु जुटाइ दिने काममा सहयोग गर्नु पर्ने हुन्छ। थारु समाजमा थाकसले के दियो र के गर्यो भनेर निरंतर जिज्ञासा र यक्ष प्रश्न उठने गरेको पाइन्छ र भौतिक रुपमा उपलब्धीहरु सुन्य नै छ। तसर्थ यस्तो यक्ष प्रश्न उठनु स्वभाविक नै छ तर थारु समाजका ब्यक्तिले आर्थिक रुपमा के कति लगानि र योगदान गरेका छन बिचारणिय छ। संस्थामा जे लगानी गरिन्छ त्यही प्रतिफल दिन्छ। त्यसैले संस्थाले के दियो, के गर्यो भन्दा संस्थालाई के दियौ र के गर्यौ एक पटक आफनै अन्तरमनलाई झांकेर हेर्ने बेला भयो कि ? थारु समाजका अगुवाहरुको इमानदार प्रयास र इमानदारी पुर्वक काम गर्नु पर्ने हुन्छ र स्वच्छ छविका ब्यक्तिहरु अगाडि सर्नु पर्ने हुन्छ र समाजमा बिस्वास स्थापित गर्न सकिन्छ।
क्रमश:................
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu