पाँचौँ चन्द्राैटा महाेत्सवकाे मुख्य अार्कषण थारु साँस्कृतिक नृत्य ॥

Tuesday, 20 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):= यहि मंसिर ६ गतेदेखि १६ गतेसम्म हुना लागेकाे पाँचौं चन्द्राैटा महाेत्सवमा थारु साँस्कृतिक नृत्यलाई अझ पुरस्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट समूह छनौट गरिएको छ । अहिले भने पाँचौं चन्दाैटा महाेत्सवकाे मुख्य अार्कषणकाे रूपमा थारु साँस्कृतिक नृत्य रहेकाे बताइएको छ ।
    
             स्थानीय क्षेत्रमा बसोबास गर्ने थारु समुदायको पोशाक, भाषा, कला संस्कृतिको संरक्षण, सम्बर्द्घन तथा प्रचारप्रसारमा थप टेवा पुग्ने उद्देश्यले पहिलो पटक सुरुवात गरिएको प्रथम थारु सांस्कृतिक नृत्य प्रतियोगितामा १२ वटा टिम छनौटमा परेका छन् ।     
     प्रथम चरणकाे अडिसनबाट शिवराज-५, दक्षिण रहतकोलको ब्राइट राइजिङ युवा क्लब, वाणगंगा-९, पश्चिम जिनवाको सूर्योदय युवा क्लब, वाणगंगा ८, चप्परगाउँको थारु सांस्कृतिक संरक्षण तथा सम्बर्द्घन सभा, वाणगंगा-७, मोतीपुरको नव जनशक्ति युवा संगठन छनौटमा परेका छन् । यसैगरी शिवराज-५, पूर्व रहतकोलको जागृति युवा क्लब, शिवराज-२, डोंगरडिहवाको लुम्बिनी बाल तथा युवा क्लब, शिवराज १, शिवपुरको न्यू बाल अनुशासन टिम, बाणगंगा २, तेनुइयाको नवप्रतिभा युवा क्लब प्रथम अडिसनबाट छनौट भएका छन् । यसका साथै अडिसनबाट शिवराज-२, बालापुरको नमूना समानता बाल क्लब, विजयनगर गाउँपालिका-२, लोहरौलाको सूर्योदय सामाजिक सेवा संघ, शिवराज-२, मदरहवाको आदर्श युवा क्लब र शिवराज-९, भगवानपुरको भगवानपुर गाउँ समाज समिति छनौटमा परेको बताइएको छ ।
    
         पहिलाे पटक महाेत्सवमा थारु नृत्य प्रतिस्पर्धा हुन लागेकाे खबरले थारु समुदायमा हर्ष उल्लास छाएकाे छ । थारु समुदाय खुसियाली हुनु स्वाभाविक नै छ किनकि थारु समुदायको क्लब तथा संघ संस्थाहरूले अवसार नपाएर अाफू भित्र लुकेर रहेकाे थारु भाषा, कला र संस्कृतिलाई दबाएर राखेका थिए । अब भने अाफ्नाे प्रस्तुति देखाउने उचित स्थान पाएकाे छ गर्वकाे कुरा हाे । थारु भाषा, कला र संस्कृति संरक्षणमा थप उर्जा दिने थारु राष्ट्रिय कलाकार संघका शिवराज नगर अध्यक्ष उत्तम चाैधरीले बताए ।
    
      “कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मुलनाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सवकोे तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा २६४ स्टलहरूमा करीब ९८ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिनु भएकाे छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu