राम अवतार चाैधरी,,
कपिलवस्तु:= सहज बचत तथा ऋण सहकारी संस्थाकाे ११अाैँ साधारणसभा सम्पन्न भएकाे छ । कपिलवस्तुकाे शिवराज न.पा.५, सहज टाेल स्थित सजहकाे भवनमा कार्यक्रम समापन भएकाे हाे ।
सहकारीले यस ०७४/७५ काे अार्थिक बर्ष २१ लाख ९८ हजार ७ सय २५ कुल अाम्दानी गरेकाे छ । भने १ हजार १७ कुल शेयर सदस्य रहेका छन् जसमा ७ सय ७३ महिला र २ सय ४४ पुरूष रहेका छन् र यस सहकारीले समुहीक ऋण लगानी गर्दै अाएकाे जानकारी गराउँदै संस्थाको सचिव राधा सिंजालीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यसैबीच कार्यक्रमका प्रमुख अतिथि तथा जेष्ठ नागरिक रहेका खगेश्वर गैरेले कार्यक्रमलाई सम्बाेधन गर्दै सहकारीले समाजमा उत्कृष्ट सहकार्य गरेकाे प्रशंसा गर्नु हुँदै गाउँ घरका साधारण अादिवासी, जनजाति र दलितहरूकाे जीवनस्तर उकास्न एकदमै सर्हनिय कार्य गरेकाे बताउनुभयो ।
उक्त कार्यक्रम दीपक खड्काकाे अध्यक्षता, जेष्ट नागरिक खगेश्वर गैरेकाे प्रमुख अातिथ्यिता, लेखा समिति संयाेजक लिला मणि पाैडेल, ऋण समिति संयाेजक चन्द्रिका वि.क., शिक्षा समिति संयाेजक सीता थापा, सल्लाहकार समिति संयाेजक सरद अधिकारी लगायतको अातिथ्यिता, सहकारीकाे सञ्चालक समितिको सदस्य प्रेम कुमारी अर्यालकाे स्वागत मन्तव्य र संस्थाको व्यवस्थापक कल्लु थारुकाे सञ्चालनमा कार्यक्रम समापन भएकाे हाे ।
