सुनिल चौधरी,,
झुम्का:= समाज सुधार युवा क्लव रामधुनी वडा नं. ६ ढेरीगाउँले सोमवार साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नगर उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यतामा टोलका जेहेन्दार बिध्यार्थी,एसइईमा उत्कृष्ट भएका बिध्यार्थि,जेष्ठ नागरीक,बिध्यालयका प्रध्यानाध्यापक,क्वका संस्थापक, वडा अध्यक्षहरुलाई सम्मान गर्दै थारु मैथलि र नेपालि भाषाका गितमा नृत्य प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको हो ।
दोस्रो खुल्ला साँस्कृतिक नृत्य प्रतियोगीता कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख चौधरीले मन्तबय राख्दै नेपालीहरुको कला संस्कृति संरक्षणकालागी युवाहरु लाग्नु पर्ने बताईन् । ढेरीगाउँका युवाहरु बिदेशबाट आएर पनि क्लवमा आबद्ध हुदै सामाजिक कार्यहरु अगाडी बढाई रहेकोले टोलका स्थानियहरु साथ र सहयोग गर्नु पर्ने धारणा ब्यक्त गरिन् ।
ढेरीगाउँमा भएको सो सास्कृतिक कार्यक्रमबाट कक्षा १ देखि ५ सम्मका बिध्यार्थिलाई शैक्षिक सामाग्री बितरण सहित सम्मान गरेको छ ।
एसइईमा टोलकै उत्कृष्ट भएका सुदिप चौधरीलाई सम्मान गरेको आयोजकले जानकारी दिएको हो । सरस्वती आधारभुत बिध्यालयका प्रध्यानाध्यापक शिवनरायाण चौधरी,वडा अध्यक्ष हेमनारायण राजधामी,जेष्ठनागरीक,संस्थापक अध्यक्ष राचन्द्र शाह,सचिव अशोक चौधरी लगायत क्लवमा अर्थिक सहयोग गरेकाहरुलाई सम्मान गरेको क्लवका बर्तमान अध्यक्ष रञ्जित चौधरीले बताए ।
नृत्य प्रतियोगीतामा केटिऐस क्लव करैबना प्रथम हुदै सिल्ड,मेडल,प्रमाण पत्र सहित नगद रु ३ हजार हात पारेको छ । केटिएस कल्वका समुहले थारु संस्कृतिको मौलित्ता झल्किने झाईल मृदंग सहितको गितमा नृत्य गरेका थिए । त्यसतै दोस्रो महुलिया क्लव महुलिया,तेस्रो रामधुनि युवा क्लव थारु समाज लालपुर र सान्तवना प्रभात युवा क्लव सिंगिया हुन सफल भएको क्लवका सचिव उमेश कुमार चौधरीले बताए । दोस्रो,तेस्रो र सान्तवनालाई क्रमश सिल्ड,मेडल,प्रमाण पत्र सहित नगद रु २ हजार, रु १ हजार र रु ५ सय ले पुरस्कृत गरेको सचिव चौधरीले बताए ।
नृत्य प्रतियोगीतामा रमेश अधिकारी,तुलसि खड्का,सिता चौधरी र कुलदिप चौधरी निर्णायकमा रहेका थिए । प्रतियोगीतामा रौनक बढाउन सो गाउँका बिवाहित महिलाहरुले थारु पहिरणका साथ आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलका सिता चौधरी र तुलसि खड्काले समेत नृत्य प्रस्तुत गरेकी थिईन् ।
