सुनिल चौधरी
झुम्का:=महिला अधिकार कर्मिहरुको सहभागीतामा रामधुनी ९ नम्बर वडाकार्यलयले लैंगिंक हिंसा बिरुद्ध डुम्राहामा सचेतना र्यालि समपन्न गरेको छ । गाउँ स्तरमा बढ्दो महिला हिंसालाई न्युनिकरण गर्न र्यालिमा हिंसा बिरुद्ध नारा लगाउदै कोणसभा परिणत गरेको थियोे ।
महिला वडा समितिको संयोजकमा भएको कोण सभामा महिला अधिकार कर्मिहरुले अन्यायमा परेकालाई न्यायदिनु पर्ने धारणा राखेका थिए । कोणसभामा महिला सेल प्रमुख बिणु बस्नेतले डुम्राहाबाट घरेलु हिंसा,बहुबिवाह,बालबिवाह,बोक्सी आरोप जस्ता प्रकृतिका घटनाहरु जिल्लामा आउने गरेको बताईन् । यसलाई कम गर्न घरबाटै आफैमा सुरु गर्नु पर्ने बिचार ब्यक्त गरिन् ।
महिला हिंसामा भागिबिवाह प्रमुख कारण बन्दै गईरहेको समेत बस्नेतले जानकारी दिएकी छन् । यो समस्या लिएर प्रहरीलाई समेत टाउको दुखाई बन्दै गईरहेको बताईन् । उमेर नपुगी भागेर बिवाह गर्दा केटा र केटि दुवै हिंसामा पर्ने गरेको बताईन् । यस किसिमका घटना हुन नदिन अभिभावकहरु सचेत हुन आवश्यक रहेको सुझाव दिईन् ।
महिलाहरुलाई सम्मान अधिकार दिए लैगिंक बिभेदको अन्तयहुने महिला अधिकार कर्मि ममता चौधरीले बताईन् । स्थानिय मर्चैयाटोल निवासि चौधरीले कोणसभामा आफ्नो धारणा राख्दै ३३ प्रतिशत आरक्षण भन्दा पनि सम्मान रुपमा अधिकार स्थापित गर्दा बिभेद नहुने बिचार ब्यक्त गरे ।
लैगिकत्तामा आधारित हिंसा बिरुद्धको १६ दिने अभियानको पाचौ दिनमा वडाले सहयोग गर्दै महिला जागरुक्ताकालागी कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष घनश्याम चौधरीले बताए । महिला हिंसा न्युनिकरणकालागी सचेतना र सचेत रहन आवश्यक रहेको वडा अध्यक्ष चौधरीले बताए ।
डुम्राहामा महिला हिंसाहरु भईरहेको छ । त्यसलाई लुकाउने प्रबृतिले न्यायपाउनबाट बञ्चित भइईरहेको छ,यसले गर्दा थप हिंसा हुने गरेको महिला तथा बालबालिका प्रमुख सुनिता चौधरीले बताईन् । अबका दिनमा हिंसा भए सम्बन्धि ठाउँमा गएर उजुरी गर्नु पर्ने सुझाव दिए । सम्बन्धित ठाउँमा गरेर पनि सुनुवाई भएनभए महिलाहरु सामुहिक रुपमा पिडितको पक्षमा लाग्नु पर्ने धारणा राखिन् ।
कोण सभामा आदिवासि जनजाति पत्रकार महाँ संघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी,वडा सदस्य योगेन्द्र बहादुर खड्का,मिना कार्की,रनमाया तामाङ्ग लगायतका अतिथिहरुले महिला हिंसा बिरुद्धको बारेमा धारणा ब्यक्त गरेका थिए । सचेतना र्याली डुम्राहाको शनिचरे बिध्यालयबाट सुरु गर्दै छप्कि हुदै मर्चैसम्म गरेका हुन् । मर्चैयाको चन्द्रकमलमाबिमा कोणसभा गर्दै सम्पन्न गरेको हो ।




