थाकसको शुभकामना कार्यक्रमा " दशके लाठि एक के बोझ" एकताको सन्देश....सन्देशमा " हतार गरे कोनि, बिस्तारै गए अवसय पुगिन्छ अध्यक्ष :- चौधरीको भनाइ....
कुलदिप चौधरी ,,
सुनसरी:=रामधुनी झुम्कामा थारु कल्याणकारीणि सभा जिल्ला कार्यसमिती सुनसरीले एक समारोह का बिच नेपालिहरुको महान चाड दिपावली, छठ, एकादशी र समा चकेवा पर्वको पावन अवसरमा शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
७ औँँ अधिवेशनबाट निर्वाचित जुझारु इमानदार युवा अध्यक्ष सभापति सुरेन्द्र चौधरी को अध्यक्षतामा भाइ चारा, एक आपसमा मेल मिलाप र एक भइ अगाडि बढने कामनाका साथ संकल्प गरि सम्पुर्ण थारु अगुवाइहरुको बिच सो कार्यक्रम थाकस भवनमा सम्पन्न गरेको हो।
करिब डेर महिनाको दर्वियानमा सभापति चौधरीले रितो बजेटको भाडाे समहाल्दै नयाँ भाबी परियोजना बनाउदै यो चौथो कार्यक्रममा सल्लाह सुझाब लिदै भावी कार्यक्रम योजना बद्दले गर्ने छु भनि जानकारी गराएका थिए।कार्यक्रममा थाकसका पुर्व अध्यक्ष चन्द्र कुमार चौधरीले थारु एकताको अभावमा थारु माग मुद्दा ओझेलमा परेको हुनाले थारु समुदाय विभेदमा परेका हुन एक्ताको निम्ति पुरानो भनाइ दस के लाठि एकके बोझ हुनु पर्ने वताए ।
यसैगरी थारु युवा जि. अध्यक्ष टीका राम चौधरीले एक अर्को लाई दोस आरोप न लगाइ एक साथ अगाडि वढे थारु माग मुदा सफल हुने बताए । कार्यक्रममा समाज सेवि शकर लाल चौधरीले राजनीतिक खेलमा बहुत शक्ति र सान्दर्भिक पुराना शैलिको राजाको नीति भनिएकोले राजनितिक पहुच बनाउनका निम्ति थारु युवाहरुलाइ ध्यानाकर्षण गराएको छ ।
यसैगरी केशी लाल चौधरी, राज कुमार चौधरी, डिसि चौधरी , सत्य ना. राजधामि, जानकी चौधरी, राम परि चौधरी, राजो देवि चौधरी, सीता चौधरी लागयत सम्पुर्ण थारु संघ सस्थाका पर्तिनिधिहरुले मन्तव्य राखदै शुभकामना अर्दान परदान गरेका थिए।
Home
festival
News
थाकस सुनसरीको आयोजनामा दिपावली,छ्ठ लगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


