भाइ वहिनीहरुको मायाको प्रतीक समा चकेवा पर्व थारु महिला सभाले मङ्सिर ८ गते महोत्सवको रुपमा मनाउने।
कुलदिप चौधरी ,,
सुनसरी:= रामधुनी नगरपालिका झुम्का सुनसरीमा थारु महिला सभा वडा समिती १ ले समा चकेवा महोत्सव मनाउने भएको छ । पौरानिक थारु कला संस्कृतलाइ जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई हस्तान्तरण गर्नका निम्ति सो महोत्सव थामसले मनाउन लागेको हाे।
समयको परिवर्तन र प िक्षमी रास्ट्रहरुको संस्कार संस्कृति बढदो तडक भडकले नेपाली तथा थारु संस्कार संस्कृती नै लोपोन्मुख अवस्था रहेको हुदा थारु कला संस्कृति जगेर्नाका निम्ति थामसले भवियताको साथ महोत्सव रुपमा मनाउने अध्यक्ष लिलि चौधरी ले जानकारी गराएको छ ।
चौधरीको अनुसार पौराणिक समयमा समा र सामिन नाम गरेको भाइ बहिनी थिए अरे यी दुई भाइ बहिनी एक आपसमा एति माया गर्थे एति मिल्थे कि दुई जना खेल्दा खेल्दै घर आउन खाना खान बिर्सन थे अरे यी दुई भाइ बहिनिको अगाध माया देखेर पापी दुष्ट चुग्लाले गाउँ भरी समा र समिन एक आपसमा नजाइज सम्बन्ध रहेको छ भनी हल्ला फिजाइ दिए गाउँको घन घोर वस्तिमा व्यापक चर्चाको बिषय बन्यो गाउँ निकाला गरि दिने चर्चा चल्यो, यश बिषय लाई लिएर गाउँ गाउँ नगर नगरको मान्छेलाई ( ढोल्हा ) दिएर बोलायो घन घोर पन चैती भयो नजाइज सम्बन्धको सजाय गाउँ निकाला गर्ने राख्यो यश कडा परिक्ष ामा सत्यताको बिजय निस्चित हुन्छ भने झै चुगला दुष्टलाई स्विकार गर्नु पर्यो र सबैको सामने तेसो हैन मैले गल्त गरेको रहेछु यी भाइ बहिनी पवित्र छन भनेर गावाही दिए पछी समाजका दुष्ट पापी चुगला लाई जुङ्गा जलाइ जलाइ सजाय दिएको हो।
तेसैले यो महान पर्व समा चकेवा लाई भाइ बहिनिहरुको मायाको प्रतीक पर्व भनिएको हो। तसर्थ यश पर्वलाइ महिला सभा व डा समितिले हर्ष उल्लासको साथ मानाउने जनाएको छ । यो पर्व पन्चमी देखि सुरु भै पुर्णिामा सम्म विधि पुर्वक समापन हुने जानकारि आयोजकले जनाएको छ ।
