हमार सनेश सहकर्मी ,,
काठमाडौं := नेपाल् सरकारले इजरायल र दक्षिण अफ्रिकाका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। योसँगै सरकारले इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्यलाई सिफारिस गरेको छ।
गत २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य सिफारिस गरेको बताएका हुन्। शाक्य नातामा प्रधानमन्त्री ओलीको साली पर्छिन् ।
साथै सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ। उनलाई ३ साताभित्र फर्कन समय दिइएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।थापा पञ्चायतकालका गृहमन्त्रीसमेत हुन्।त्यस्तै, दक्षिण अफ्रिकाका राजदूतलाई अमृत बहादुर राईलाई पनि ३ साताको समय दिएर मन्त्रालयमै फिर्ता बोलाइएको छ।
