गाउँ स्तरीय थारु लट्ठीनाच प्रतियोगीतामा रत्ननगरको देवौली गाउँ पहिलो

Saturday, 10 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तकुमार चौधरी,,
चितवन:= सोहराई पर्वको अवसरमा यूथ क्लब रत्ननगर हर्दीले आयोजना गरेको गाउँ स्तरीय लट्ठीनाच प्रतियोगीतामा इन्द्रेणी यूवा क्लब देवौली प्रथम भएको छ ।

त्यस्तै प्रतियोगीतामा न्यू स्टार महिला समुह, गड्यौली पदमपुर द्वितिय हुन सफल भएको छ भने ब्रम्हा यूवा क्लब बाघमारा तृतिय भएको  छ । विजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
युवाहरुलाई लक्षित गरेर लट्ठी नाचलाई नै प्राथमिकतामा राखेर पूर्वी चितवनको रत्ननगर ८, हर्दीमा आयोजना गरिएको यो रत्ननगरमै पहिलो कार्यक्रम हो । यसअघि सबै उमेर समहुलाई लक्षित गरेर विभिन्नखालका सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झम्टानाच प्रतियोगीताहरु आयोजना भएपनि युवा वर्गलाई नै लक्षित गरेर लट्ठीनाच प्रतियोगीता गरिएको थिए । प्रतियोगीतामा सहभागी भएका सबै टिममा युवाहरु छन् ।

कार्यक्रममा राष्ट्रिय गायक मिलन लामाले थारुसँगै नेपाली गीत गाएर दर्शकलाई नचाए । छनियामा लउका, हमार थारु गाउँमा हावा चललई सरसर … जस्ता गीत गाएर दर्शकलाई समेत छमछमी नचाए । त्यस्तै स्थानीय गायक रोहितसिंह चौधरीले समेत थारु गीतमा दर्शकलाई उफारे ।

सोहराई पर्वको अवसरमा थारुहरुको सांस्कृति तथा पोशाकहरुको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक क्लवका उपाध्यक्ष कृष्ण महतोले बताउनुभयो । वडा अध्यक्ष विनोद बस्नेत प्रमुख अतिथि रहनुभएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरी, लक्ष्मण चौधरी र संचारकर्मी उर्मीला चौधरी निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा भएको थियो । प्रतियोगीतामा पूर्वी चितवनका ६ वटा गाउँहरुले सहभागीता जनाएका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu