हमार सनेश सहकर्मी,,
नवलपुर:=नवलपुरकै चर्चित थारु गायक अबधेश महतो वैवाहिक जिवनमा बाँधिने भएका छन। "बिहे म त गर्दिन लैजान्छु भगाई" भन्ने नेपाली गीतबाट साँङ्गेतिक यात्रा शुभारम्भ गरेका गायक अबधेश महतो अन्तत: यही मङ्सीर २४ गते सोमबारका दिन गृह जिल्ला नवलपुरकै कावासोती नगरपालिका वडा नं.-११, लोकाहा, कुढौली निवासी मधु थनेत संग हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका हुन।
दर्शक एवम् स्रोताहरुको ढुकढुकी बन्न सफल गायक महतोले दर्जनभन्दा बढी गीतहरु बजारमा ल्याइसकेका छन्। बजारमा आएका उहाँका हिट थारु गीतहरुमा हमरा ललपुरिया, चितवन त हखै तोर घर, अरि सजनी, मोइ तोर दिवाना, तोर जवनियाँक गाउँ गाउँ सवाल जस्ता निकै हिट गितहरुमा स्वर दिई सकेका छन। गायक महतो पेशाले बैंकर हुन। कुमारी बैंक कावासोती शाखामा कार्यरत छन भने मधु मेडिकल लाइनमा कार्यरत छिन। निकै व्यस्त रहने गायक महतो एक सफल उद्घोषकपनि हुन्।
चितवनमा भएको "मिस्टर थारु 2011" का विजेतापनि हुन। "मिस्टर थारु 2011" को विजेता भएपछि गायक महतो झनै चर्चित हुन पुगे। प्रेमसङ्गै मागी विवाह मन पराउने गायक महतोले लामो समयको चिनाजानी पश्चात् यो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन। वैवाहिक बन्धनमा बाधिन लागेका गायक महतोलाई हमार सनेश युनिटको तर्फबाट वैवाहिक जिवनको अग्रिम शुभकामना ।