( याक्थुङ समुदायको महानचाड " चासोक ")
आर एन चौधरी थारु,,
मलेसिया := युमा साम्यो महासभा मलेसियाले याक्थुङ समुदायको महानचाड चासोक भब्य रुपमा मनाउने निर्णय गरेको छ।
यहीँ डिसेम्बर २३ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित गाउँबेशी दोहोरी साझको प्राङ्गणमा मध्याह्न १२:०० बजे सो महानचाडको आयोजना गर्न लागेको युमा साम्यो महासभा मलेसियाको अध्यक्ष पेसल माबुहाङ लिम्बू (दिल दुखी जन्तरे)ले जानकारी दिनु भयो।।
पहिला राज्यसत्ताको कारण र अहिले केही समययता नेपालको अतिबादी हिन्दुवादीहरुको कारणले आदिवासी जनजाती समुदायको चाडपर्वलाई सखाप पार्न र लोपोन्मुख अवस्थामा पुर्याउन विभिन्न षड्यन्त्र र जानझेल रचीरहेको हुनाले परापुर्वकाल देखीनै हाम्रो पुर्खाहरुले प्रकृति पुजा गरे जस्तै पुनः अहिले आएर ती लोपोन्मुख चाडबाडलाई जिवन्त पार्न मुर्तरुप दिन र मलेसियामा रहेका लिम्बूबासीहरुमा सहिष्णुता,एकता कायम होस् भन्ने उदेश्यको साथ " चासोक " महानचाडको आयोजना गरि मनाउन लागेको बताउनु भयो ।
अध्यक्ष पेसलले चासोक मनाउन,कार्यक्रम भब्य सभ्य सफल पार्नको लागी डिसेम्बर २३ तारिख आइतबारको दिन क्वालालम्पुरमा उपस्थित हुन सम्पुर्ण नेपाली जनसमुदायमा हार्दिक निमन्त्रणा सहित आग्रह समेत गर्नु भयो।