" पक्राउ परेका विशाल चौधरीकी आमा सलमती भन्छिन् ‘चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध गरेको छैन "
कैलाली := चार–पाँच दिनअघि बिहान राम्ररी उज्यालो पनि भएको थिएन । हाम्रो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे । दिनभर केरकार गरेर बेलुका छाडिदिए ।
अर्को दिन फेरि समातेछन्, दिनभर केरकार गरेर छाडिदिए । यसरी कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए ।हामी ज्यालादारीमा काम गर्छौँ, हिजो (बुधबार) दिनभर काम गरेर सा“झ फर्किएका थियौँ, छोरालाई फेरि समातेछन्, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरू आए । छुटाउन गयौँ । तर, उसलाई भित्र राखिएको थियो, तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई धपाइदियो ।
राति उसलाई उतै राख्ने भए, हामी घर आयौँ । तर, सुत्न सकेका थिएनौँ । राति १२ बजेतिर गाडी लिएर पुलिस आए, विशालका सारा कपडा उठाएर लगे, थोत्रा चप्पल पनि छाडेनन् ।
बिहान हामी पुलिस कार्यालय गयौँ, भित्र जान दिएन । अब तिम्रो छोरालाई काठमाडौं लग्ने हो, तिमी पनि जानुपर्छ, २ बजे तयार हुनू भनेर मेरो श्रीमान्लाई पुलिसले भने । पुलिसले भनेपछि मान्नैप¥यो, पक्राउ परेका अरूलाई पनि गाडीमा राखेर धनगढी लगे, त्यहाँबाट जहाजमा काठमाडौं लगे भन्ने सुनेकी छु, अरू जानकारी पाएकी छैन ।
चार–पाँच दिनयता हरेकपटक पक्राउ गर्दा निर्मलाको केसबारे सोधपुछ गर्छन् भनेर छोराले भनेको थियो । तर, त्यो केसमा मेरो छोराको दोष छैन । किनकि १० साउनमा निर्मलाको घटना भएको भन्ने सुनेकी छु । ९ साउनमा मेरो छोरालाई पुलिसले पक्राउ गरेको थियो ।
हाम्रै गाउँको एउटा मान्छेले कुखुराको मासुको व्यापार गर्छ । उसको कुखुरा हराएको रहेछ । चोरीमा मेरो छोराको नाम लिएको रहेछ, त्यसैले पुलिसले उसलाई पक्रेको थियो । त्यो रात विशाल थुनामै बस्यो ।
भोलिपल्ट बिहानै म गएकी थिएँ, म जमानी बसेपछि विशाललाई पुलिसले छाडिदियो । हामी दिउँसो ११ बजेतिर घर आयौँ, खाना खायौँ, दिनभर कतै गएनौँ । मैले विशाललाई पनि कतै जान दिइनँ, किनकि जमानीमा बसेर ल्याएकी थिएँ ।
भोलिपल्ट साउन ११ मा फेरि पुलिसको वडा कार्यालयमा लिएर गएँ । तर, कुखुरा हरायो भन्ने मान्छे आएन । पुलिस सरहरूले फोन गर्दा पनि आएन । त्यसैले हामीलाई छाडियो । त्यसपछि प्रहरीले मेरो छोरालाई अहिलेसम्म सोधखोज नै गरेको थिएन ।
मेरो छोराले के–के औषधि पनि खान्छ भनेर हल्ला चलेको सुनेकी छु । दारु खाएको थाहा छ, त्यस्तो औषधि खाएको मलाई थाहा छैन । बरु एकपटक एउटा पसलबाट बिस्कुट, चाउचाउ चो¥यो भनेर पनि पुलिसले लगेको थियो । यसअघि पनि चोरीको केसमा पुलिसले लगेकोे हो, तर त्यस्तो अपराध गरेको भन्ने गलत हो ।
(source :-dainik nepal)