थारु राष्ट्रिय साहित्यिक सम्मेलन-२०७५ चैत्र २२ र २३ गते रूपन्देहीमा हुने

Saturday, 8 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
रुपन्देही := थारु राष्ट्रिय साहित्यिक सम्मेलन-२०७५, भाग-४ रूपन्देहीकाे सैनामैना नगरपालिकामा हुने भएकाे छ । थारु लेखक संघकाे हिजाे रूपन्देहीको सैनामैना न.पा.४, मुर्गियामा बसेकाे केन्द्रीय बैठकले कार्यक्रम हुने मिति स्थान तय गरेकाे हाे ।

     गत बर्ष थारु राष्ट्रिय साहित्यिक सम्मेलन बढै्या ताल बर्दियामा भएकाे थियाे । अहिले भने साहित्यिक सम्मेलन यहि चैत्र २२ र २३ गते स्थानीय मुल संयाेजक थारु कल्याणकारी सभा सैनामैना नगर समितिको अायाेजनामा रूपन्देहीकाे सैनामैना नगरपालिका उच्च डिहवा थारु हाेम स्टेमा हुन लागेकाे थारु लेखक संघका केन्द्रीय अध्यक्ष कृष्ण राज सर्वहारीले जानकारी दिनुभयाे ।

     उक्त कार्यक्रममा थारु जाति र गाैतम बुद्ध बीच बृहत् बाैद्धिक बहस कार्यक्रम देखि लिए विभिन्न साहित्यकार तथा लेखकहरूले प्रकाशन गरेका पुस्तकहरूकाे प्रदर्शन समेत गरिने बताएको छ । 
थारु राष्ट्रिय साहित्यिक सम्मेलन भव्य, सव्य र पारदर्शी बनाउन सबै संघ संस्थहरूले उल्लेखनीय भूमिका खेल्नुपर्ने अगुवाहरूकाे भनाई छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu