काठमाडौं := टीकापुरका अनिल चौधरी चाईनाको साङ्घाईमा हुन गइरहेको कराँते सिरिज ए (A) विश्व रयाङ्किंग छनाैटमा परेका छन् ।
थारू समुदायबाट कराँते विधामा पहिलाे राष्ट्रिय खेलाडी बनेका अनिल चाैधरीलार्इ एक कार्यक्रमका बीच सङ्घाईमा हुन लागेकाे कार्यक्रमका लागि थारु समुदायको युवा नेता तथा ब्यवसायी सिताराम चौधरी लगायतकोले बरघर रेष्टुरेन्टको प्राङ्गणमा बधाई ज्ञापन गर्दै बिदार्इ गरिएको हो।
टीकापुर नगरपालिका- ७ पदमपुर, कैलालीका खेलाडी चाैधरी मेहनती,लगनशील तथा कर्मठ भएकाले अागामी खेलमा पनि राम्राे नतिजा ल्याउने अपेक्षा गरिएकाे छ ।