मिनि थारु गाउँ सहितको छैठौं खिचरा महोत्सवको तयारी तिब्र

Monday, 31 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कारी महतो,,
चितवन:= हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ ।

यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली गौचरनमा हुन लागेको महोत्सव यसवर्ष पुुस २८ देखि माघ ७ गतेसम्म हुने आयोजकले जानकारी दिएका छन् । महोत्सव सफल बनाउनका लागि थाकस चितवन क्षेत्र नं. ७ का सभापति चुडामणि चौधरीको संयोजकत्वमा १५१ मूल आयोजक समिति तथा ३० वटा कार्यगत समिति गठन गरिएको छ । महोत्सव तयारीका लागि ३० वटै कार्यगत समितिले आआफ्ना जिम्माको कामहरु युद्धस्तरमा गरिरहेका सभापति चौधरीले बताए ।

यसवर्ष खिचरा महोत्सवको मुख्य आकर्षणका रुपमा मिनिथारु गाउँ परिसर बन्ने आयोजक समितिले जनाएका छन् । अहिले थारु गाउँटोलमा परम्परागत थारु घरहरु लोप हुन लागेको अवस्थामा महोत्सव परिसरमा थारुगाउँकै झल्को दिने खालका केहि घरहरुका साथै थारु समुदायका बासिन्दाले विशेष अवसरमा पुजापाठ गरिने बरमथान निर्माण गरी थारु धर्मसँस्कृति बारे जानकारी दिने उद्देश्यले मिनिथारु गाउँ परिसर बनाउन लागेको जनाइएको छ । उक्त परिसरमा परम्परागत थारु गाउँघरमा पाइने सम्पूर्ण वातावरण रहनेछ ।

चिचर र घोंघी लगायतका थारु खानाका परिकारहरुका लागि प्रचलित बन्दै गैरहेको खिचरा महोत्सवमा यसैवर्षदेखि चेपाङ, दराई लगायत अन्य आदिवासी तथा जनजातिहरुका परम्परागत खानाका परिकारहरुका स्टल पनि रहने आयोजकले जनाएका छन् । थप जानकारी गराउनका लागि पुस २१ गते पत्रकार सम्मेलन गर्ने समेत आयोजकले जनाएका छन् । सोहि दिन डिज्नी पार्क रिसोर्टमा खुला नृत्य प्रतियोगिताको अडिसन हुने नृत्य प्रतियोगिता संयोजक हरिशरण चौधरीले जानकारी गराए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu