गेल्छिरी शेर्पा ,,
काठमाडौं := मिस शेर्पा र मिस्टर शेर्पा’ को उपाधी दाबुुटी शेर्पा र सोनम जाङ्बु शेर्पाले जितेको छ ।
यो शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगितामा मिस शेर्पा पाचौ संस्करण र मिस्टर शेर्पा पहिलो संस्करणमा ८/८ जनालाई प्रतिस्पर्धीलाई पछी पर्दै दाबुुटी शेर्पा र सोनम जाङ्बु शेर्पाले उपाधि विजेता बनेको हुन् । प्रतियोगितामा मिस शेर्पा तर्फ दावा याङ्जी शेर्पा र निमा ल्हामु शेर्पा फस्ट र सेकेन्ड रनर्सअप बनेको छ बने मिस्टर शेर्पा तर्फ क्रमस पेम्बा शेर्पा र पासाङ शेर्पा बनेको छ ।
सन् २०१० देखि आयोजना हुँदै आएको मिस बीचम केही वर्ष रोकिए थियो । अघिल्लो वर्षदेखि पुन सुरु भएको यस प्रतिष्पर्धामा शेर्पा समुदायका युवती मात्रै सहभागि बन्न पाउँछन् । यसपटकको मिस शेर्पामा विजेता बन्नेले क्रोयसियामा हुने मिस टुरिज्म वल्र्डमा समेत प्रतिष्पर्धा गर्ने अवसर पाउने आयोजक संस्था डिपास इन्टरनेशनलको भनाई छ ।
आइतबार भएको फिनालेमा दाबुुटी र सोनम जाङ्बु शेर्पाले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन् । दाबुुटीलााई ताज सन् २०१७ की मिस शेर्पा सोनाम डोल्मा शेर्पाले ताज पहिराइन् । प्रतियोगितामा फस्ट र सेकेन्ड रनर्सअप बनेका दावा याङ्जी शेर्पा र निमा ल्हामु शेर्पा र पेम्बा शेर्पा र पासाङ शेर्पाले क्रमश: २० हजार २२२ र १० हजार १११ नगद पुरस्कार हात पारे।