दीक्षान्त समारोहमा मौलिक पहिरन, ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित

Tuesday, 1 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने विद्यार्थी दीक्षित भएका हुन् । 

दीक्षित हुन पाउने ७४ हजार २ सय ८४ जनामध्ये ९ हजार ५ सय ५ जना विद्यार्थीले मात्र अनलाइनमार्फत आवेदन दिएका थिए । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले दीक्षित हुन चाहने विद्यार्थीहरुका लागि पहिलो पटक अनलाइनबाट आवेदन दिनसक्ने प्रबन्ध गरेको थियो ।

त्रिविकै इतिहासमा पहिलो पटक गाउन र टोपी लगाएर विद्यार्थीहरु दीक्षित भए। यसअघि स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई गाउनमात्र दिइन्थ्यो । पीएचडी उपाधि पाएका विद्यार्थीलाई मात्र गाउन र टोपी पाउथें । यसपटक दीक्षित हुने सबै विद्यार्थीले प्रमाणपत्रको साथमा कभर र फोल्डरसमेत पाएका छन् । यसअघि प्रमाणपत्र मात्र पाउथें ।

तस्बिर : प्रबिन कोइराला/नेपालखबर

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu