राम अवतार चाैधरी,,
कपिलवस्तु:= सहज बचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा सहकारी व्यवस्थापन तालिम सुरु भएकाे छ । जिल्लाको शिवराज न.पा.५, सहजटाेल स्थित सहजकाे भवनमा यहि पाैष २८ र २९ गते सम्म सञ्चालन रहने साे सहकारीको व्यवस्थापक कल्लु थारुले बताउनुभयो ।
सहकारी व्यवस्थापन तालिममा शिवराज नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेत्रराज अधिकारीले कार्यक्रमलाई सम्बाेधन गर्दै सबैकाे सहकार्य गरि सहकारीमा अाब्द्घ भई लगानी गर्ने वातावरण सिर्जना गरि अाम्दानीका स्राेत बनाई अार्थिक स्तर उकास्नुमा जाेड् दिनुभयो । उहाँले "सुखी नेपाली, समृद्ध नेपाल" भन्ने नारालाई सार्थक पार्न सबै मिली सबै सँग सहकार्य गरि अघि बढनु पर्ने भन्दै सानाे सानाे रकम बचत गर्ने बानीकाे विकास गरि धार्मिक, जातिय विभेद नगर्ने भावनाकाे विकास गर्ने एक मात्र माध्यम सहकारी रहेकाे शिवराज नगर प्रमुख अधिकारीले भन्नुभयो ।
उक्त कार्यक्रम सहज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खड्काकाे अध्यक्षता, शिवराज नगर प्रमुख नेत्रराज अधिकारीकाे प्रमुख अतिथ्यता, समाजसेवी राेशन एम.सी, रेडियो भ्वाइसका अध्यक्ष टुक प्रसाद अर्याल, सहज सहकारीकाे शिक्षा समितिकी सिता थापा लगायतको अातिथ्यता तथा देव बहादुर भण्डारीकाे प्रशिक्षण र सहज सहकारीकाे विभिन्न समूहको पदाधिकारीहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे अायाेजकले बताएकाे छ ।


